पूर्व विशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेकाे हल्ला मात्र हो : उपप्रधानमन्त्री सिंह
News Desk
Mar-15 , 2025 तारिख 07:13 बिहान

उपप्रधानमन्त्री एवम शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेकाे हल्लाकाे पछि नलाग्न आग्रह गरेका छन। नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयाेजना गरेकाे कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारकाे कुनै तयारी नभएकाे दाबी गरे। 

यसअघिकाे कुनै सरकारले गरेकाे कुरालाई ल्याएर अहिले हल्ला गरिएकाे उनकाे दाबी छ। 

अहिले सरकारविरूद्ध विभिन्न माध्यमबाट हल्ला फैलाइएकाे भन्दै यथार्थ बुझ्नुपर्नेमा जाेड दिन उनले आग्रह गरे। उनले हल्लाकाे पछि लाग्दा प्राप्त अधिकार गुम्नसक्ने भन्दै चिन्ता व्यक्त गरे। 

त्यस्तै, उपप्रधानमन्त्री सिंहले जनताले लडेर अहिलेकाे अधिकार प्राप्त  भएकाे भन्दै  कसैले किस्तिमा राखेर नदिएकाे बताए। 

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले चुनाैति सामना गर्न एकताबद्ध कांग्रेस बनाउनुपर्नेमा जाेड दिए। 

ंकांग्रेसलाई केन्द्रमा राखेर काम गर्नुपर्‍यो। याे गुट त्याे गुट हाेइन एकताबद्ध बलियाे कांग्रेस बनाउन लागाैँ,ं उनले भने, ंकांग्रेसकाे मूल चुनाैति नै पार्टी व्यवस्थापन हाे। पार्टीलाई केन्द्रमा राखेर सबैले काम गराैँ।ं

धेरै पढिएको