पूर्व राजाप्रति लक्षित गर्दै प्रधानमन्त्री भन्छन 'टेलिफोनको लाइन काटेर होइन, तार काटेर लगियो, कस्तो मूर्ख होला'
News Desk
Apr-23 , 2025 तारिख 12:20 बेलुका

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले ०५८ मा राज्य सत्ता हातमा लिँदा लगेको टेलिफोनको तार अहिलेसम्म फिर्ता नगरेका आरोप लगाएका छन।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्य सत्ता हातमा लिँदा सञ्चार गृहमाथि गोली तेर्स्याएको, टेलिफोनको तारसमेत काटेर लगेको र अहिलेसम्म फिर्ता नगरेको आरोप लगाए। 

ंटेलिफोनको लाइन काटेर होइन, तार काटेर लगियो, कस्तो मूर्ख होला, लाइन काटेपछि त सकियो निं, प्रधानमन्त्रीको भनाइ थियो।

उनले पूर्वराजा शाहलाई मूर्खको संज्ञा दिँदै  विगतमा फालिसकेको र सयौँ वर्ष देशलाई अन्धकारमा राखी जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरू फेरि सल्बलाएको बताए। उनले फेरि प्रतिगमन गरेर आउने आँट कस्तो होला? भन्दै प्रश्न समेत गरे। 

 २१औँ शताब्दीमा श्रीपेच लगाएर बस्ने? महाराजधिराज भएर बस्ने? हामीलाई हुकुम दिने? प्रधानमन्त्री ओलीको प्रश्न गरे। उनले चैत्र १५ गते पैसा तिरेका गुण्डाहरु शहर ल्याएर उपद्रो मच्चाएको आरोप लगाए।

Related Post