नेपाली कांग्रेसमा उकुसमुकुसको अवस्था छ : गगन थापा
News Desk
May-20 , 2025 तारिख 06:28 बिहान

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसमा उकुसमुकुसको अवस्था रहेको बताएका छन्।

सोमवार काठमाडौँमा सुवास घिमिरेले लेखेको विपी कोईरालाको जीवन कथामा आधारित पुस्तक 'सान्दाजु'को लोकोर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कांग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको जिकिर गरे। उनले तर सँगै काँग्रेसमा एउटा अवसर पनि रहेको बताए। 

उनले कांग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहको सरकारमा रहेको र अब बन्ने प्रधानमन्त्री पनि कांग्रेसकै रहने बताए।

उनले अब गभर्नर पनि कांग्रेसकै भागमा रहेको बेलामा पनि कांग्रेसीजनमा खुशी नरहेको बताए।

धेरै पढिएको