दमन-अवरोध गर्नेतर्फ सरकार अघि बढ्यो भने प्रतिकार हुन्छ : लिङ्देन
News Desk
May-29 , 2025 तारिख 05:52 बिहान

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कम्तिमा एक हप्ता काठमाडौँमै बसेर आन्दोलन गर्नेगरी तयारीमा रहन आह्वान गरेका छन। 

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन। 

जेठ १५ गतेदेखि राजावादीहरूले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र कायम नभएसम्म आन्दोलन जारी राख्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन। 

सरकारले दमनबाटै ठिक लगाउने भन्ने हिसावले र कार्यक्रम अवरोध गर्नेतर्फ सरकार अघि बढ्यो भने प्रतिकार जरुरी हुने बताए।

उनले सरकारबाट आन्दोलनमा अवरोध गरेको खण्डमा हातमा दही जमाएर नबस्ने चेतावनी दिए।

जेठ १५ को आन्दोलन मूल आन्दोलन भएकाले कम्तिमा एक हप्ता काठमाडौँ बस्नुपर्छ भन्ने सोचका साथ तयारी गर्न आग्रह गरे।

 

धेरै पढिएको