भ्रष्टाचार गर्नेहरूलाई जनताले टुँडिखेलमा उभ्याउनुपर्छ​ : सांसद प्रेम सुवाल
News Desk
Jun-06 , 2025 तारिख 12:18 बेलुका

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार गर्नेहरूलाई जनताले टुँडिखेलमा उभ्याउनुपर्ने बताएका छन ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा सांसद सुवालले सबै भ्रष्टाचार गर्नेलाई कानुनको दायरामा ल्याउनुपर्ने तर्क गरेका हुन ।

‘सरकारमा गएर भ्रष्टाचार गर्ने, त्यही पैसा जनतालाई सामान बाँडेर, भोज खुवाएर चुनाव जित्ने, फेरि सरकारमा गएर भ्रष्टाचार गर्ने,’ उनले भने, ‘सार्वजनिक ऋण २७ खर्ब पुर्‍याएर, नेपालीलाई ऋण बोकाएर घ्यु भात खाने कोको हुन रु सबैलाई अब टुँडिखेलमा उभ्याउनै पर्छ ।’

सांसद सुवालले सबै ठूला भ्रष्टाचारका प्रकरणहरूमा जोडिएकालाई नाङ्गेझार बनाउनुपर्ने बताए । ‘गिरिबन्धु, भिजिट भिसा, सुन काण्ड, नक्कली भुटानी शरणार्थी, जहाँ जहाँ जसले पैसा खाएको छ नेपाली जनताले अब यसरी नै नाङ्घेझार बनाउनु पर्छ । भ्रष्टाचार जहाँ निर्णय भए पनि कारबाही हुनुपर्छ,’ उनले भने ।

सांसद सुवालले भ्रष्टाचारीलाई कुनै हालतमा छोड्न नहुने बताए ।

धेरै पढिएको

Related Post