संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै पनि पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छ​ : देउवा
News Desk
Jun-28 , 2025 तारिख 05:57 बिहान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै पनि पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने धारणा राखेका छन् ।

नेपाली कांग्रेस चितवनले शुक्रवार आयोजना गरेको प्रजातन्त्र सेनानी स्वर्गीय गौरीदेवी प्रधानको सातौँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै सभापति देउवाले यस्तो धारणा राखेका हुन्।

संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन नसक्ने उनको भनाइ छ। उनले निर्वाचनमा टिकट नपाए आफ्नै नेतालाई हराइदिने पार्टीभित्रको रोगको अन्त्य गर्न जरुरी रहेकोसमेत बताए। 

कांग्रेसकै कारण प्रधानमन्त्री र सभापति हुन पाएको उल्लेख गर्दै उनले पार्टीलाई बलियो बनाउनुबाहेक आफूमा कुनै अरु सोच नरहेकोसमेत बताए।

उनले भने, 'फेरि हाम्रो पार्टीमा रोग पनि रहेको छ। टिकट त एकजनाले मात्रै पाउँछ नि। नपाउनेले निर्वाचनमा हराइहाल्छ। त्यसकारण पार्टीभित्रको यो रोग पनि हटाउन आवश्यक रहेको छ।' 

धेरै पढिएको