प्रभावकारी रूपमा प्रस्तुत गर्न सके आगामी चुनावमा बहुमत प्राप्त हुनेछ :​ देउवा 
News Desk
Jul-22 , 2025 तारिख 12:09 बेलुका

काठमाडौं | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विचार र सिद्धान्त जनतामाझ प्रभावकारी रूपमा प्रस्तुत गर्न सके आगामी चुनावमा बहुमत प्राप्त गर्न सकिने विश्वास व्यक्त गरेका छन।

सोमबार सानेपास्थित पार्टी मुख्यालयमा कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रममा बोल्दै देउवाले कांग्रेसको सिद्धान्त प्रतिस्पर्धी दलहरूको भन्दा उत्कृष्ट रहेको बताए। जनतालाई कांग्रेसको प्रजातान्त्रिक समाजवादको धारणा सही ढंगले बुझाउन सके, पार्टी बहुमतको नजिक पुग्न सक्ने उनको भनाइ थियो।

उनका अनुसार नेपाली कांग्रेस सबैभन्दा पुरानो, लोकतान्त्रिक मूल्यमा आधारित पार्टी हो, र यसको समाजवादी दृष्टिकोण अन्य दलहरूबाट फरक र विशिष्ट छ।

देउवाले संविधान र निर्वाचन प्रणाली समावेशी प्रकृतिको भएकाले सबै नागरिकको प्रतिनिधित्व सुनिश्चित हुने विश्वास व्यक्त गर्दै जनसमर्थन विस्तार गर्न त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए। उनले पार्टीलाई समावेशी सिद्धान्त र लोकतान्त्रिक प्रक्रियामार्फत अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए।

धेरै पढिएको

Related Post