जसपा नेपाल र लोसपा नेपालबीच एकता गर्ने सहमति
News Desk
Dec-29 , 2025 तारिख 06:44 बिहान

जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकता गर्ने सहमति भएको छ। जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले आज एकता सहमतिमा हस्ताक्षर गरेका हुन्। प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार दुवै पार्टीका पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले यो निर्णय गरेको हो।

बैठकले देशको वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने, संघीयता, पहिचान, समानुपातिक समावेशिता र सामाजिक न्यायका मुद्दालाई अघि बढाउने उद्देश्यसहित पार्टी एकीकरण गर्ने निष्कर्ष निकालेको जनाइएको छ। २०८२ पुस १३ गते बसेको बैठकबाट न्यायपूर्ण समाज निर्माणका लागि दुवै पार्टी एक हुन सहमत भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

धेरै पढिएको