नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन प्रक्रिया बिहान ८ बजेदेखि ९ बजेसम्म
News Desk
Jan-14 तारिख 07:05 बिहान

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन बुधबार सम्पन्न हुने भएको छ। निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार मनोनयन प्रक्रिया बिहान ८ बजेदेखि ९ बजेसम्मका लागि तय गरिएको छ।

नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझदेखि उम्मेदवारी दर्ता खुला गरिएको भए पनि मनोनयन दर्ताबाहेकका अन्य निर्वाचन कार्यक्रम बुधबारका लागि स्थगित गरिएको हो।

पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको वार्ता निष्कर्षमा पुग्न नसक्दा अपेक्षाभन्दा लामो समयसम्म चलिरहेको छ।