News Desk
नेपाली कांग्रेसले अधिकांश निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवारको टुंगो लगाइसकेको छ। कांग्रेस संसदीय बोर्डले हालसम्म १४० निर्वाचन क्षेत्रका उम्मेदवार तय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए। उनका अनुसार उम्मेदवार छनोट गर्दा २०७९ सालमा निर्वाचित सांसदहरूलाई प्राथमिकतामा राखिएको छ।
कांग्रेसले यसअघि एमालेले जितेका तथा तत्कालीन गठबन्धनले छोडेका अधिकांश क्षेत्रमा पनि टिकट वितरण गरिसकेको छ। प्रवक्ता चालिसेले छलफल र सहमतिमै उम्मेदवारी तय गरिएको बताउँदै केही क्षेत्रमा भने पुनरावलोकन आवश्यक रहेको जनाए। “केही सिट होल्डमा राखिएका छन् भने केही क्षेत्रमा निर्णय हुन बाँकी छ,” उनले नेपालखबरसँग भने, “टाढाका जिल्लाका साथीहरूले टिकट लिएर गइसकेका छन्, यातायातको पहुँच सहज भएका केही ठाउँमा मात्र वितरण बाँकी छ।”
कांग्रेसले हालसम्म तय गरेका प्रमुख उम्मेदवार यसप्रकार छन्–
बारा–३ मा फरमुल्लाह मन्सुर, धनुषा–१ मा मुक्ता कुमारी यादव र धनुषा–३ मा विमलेन्द्र निधि उम्मेदवार बनेका छन्। ललितपुर–१ बाट उदय शमशेर राणा र नुवाकोट–१ बाट डा. प्रकाशशरण महत उम्मेदवार चयन भएका छन् भने नुवाकोट–२ मा जगदीश्वरनरसिंह केसीलाई टिकट दिइएको छ।
काभ्रे–२ मा मधु आचार्य, दोलखामा अजयबाबु सिवाकोटी, सुर्खेत–२ मा नारायण कोइराला उम्मेदवार छन् भने सुर्खेत–१ को टिकट हाललाई होल्ड गरिएको छ। भोजपुरमा बालकृष्ण थापा र लमजुङमा गमप्रसाद गुरुङ उम्मेदवार बनेका छन्।
स्याङजा–१ मा भरत ढकाल र स्याङजा–२ मा भागवतप्रकाश मल्ल उम्मेदवार छन्। बागलुङ–१ बाट भिम शिरिष र बागलुङ–२ बाट टेकराज पौडेललाई टिकट दिइएको छ।
रुपन्देही–२ मा चुन्नुप्रसाद पौडेल र रुपन्देही–३ मा सुशील गुरुङ उम्मेदवार बनेका छन्। नवलपरासी–१ बाट विनोद चौधरी र नवलपरासी–२ बाट देवेन्द्र कँडेल चुनावी प्रतिस्पर्धामा उत्रनेछन्।
सुनसरी–३ मा विजय गच्छदार र सुनसरी–४ मा ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार छन्। सप्तरी–१ मा रामदेव साह, सप्तरी–२ मा रामकुमार यादव, सप्तरी–३ मा दिनेश यादव र सप्तरी–४ मा तेजुलाल चौधरीलाई टिकट दिइएको छ।
सिन्धुली–१ बाट उज्जवल बराल, सिरहा–१ बाट रामसुन्दर चौधरी र पर्वतबाट अर्जुन जोशी कांग्रेसका उम्मेदवारका रूपमा तय भएका छन्।