News Desk
नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले)लाई समेत आफ्नो पार्टीसँग एकतामा आउन आग्रह गर्नुभएको छ।
शुक्रबार काठमाडौंमा आयोजित एमाले ओखलढुंगा जिल्ला समिति नेपाली कम्युनिष्ट पार्टीमा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देशलाई वर्तमान संकटबाट जोगाउन राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले त्यसका लागि सबै वामपन्थी, कम्युनिष्ट तथा लोकतान्त्रिक शक्तिहरूबीच व्यापक एकता अपरिहार्य भएको बताउनुभयो।
देशलाई संकटबाट मुक्त गराउन पार्टीहरूबीचको एकता अभियानलाई थप तीव्र बनाइएको जानकारी दिँदै उहाँले मुलुकमा प्रतिक्रियावादी शक्तिहरूको चलखेल रोक्न सबै देशभक्त शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने अवस्था आएको धारणा राख्नुभयो।