News Desk
काठमाडौं | नेपाली कांग्रेसले आगामी फागुन ३ गते आइतबार आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले औपचारिक रूपमा प्रतिज्ञा पत्र सार्वजनिक गर्न लागेको हो।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार मतदातासामु स्पष्ट प्रतिबद्धता प्रस्तुत गर्ने उद्देश्यले प्रतिज्ञा पत्र ल्याउन लागिएको हो। यसमार्फत कांग्रेसले आगामी कार्यकालका प्राथमिकता, नीति तथा कार्यक्रमहरू सार्वजनिक गर्नेछ।
यसअघि पार्टी सभापति गगन थापाले कांग्रेसले परम्परागत ‘घोषणा पत्र’ होइन, कार्यान्वयनमुखी ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने बताएका थिए। उनका अनुसार प्रतिज्ञा पत्रले जनतासँग गरिने वाचा र जिम्मेवारीलाई बढी स्पष्ट रूपमा समेट्नेछ।