दाङ​मा झण्डा जलाएको घटनापछि तनाव, काठमाडौँमा बालेन साहको पुत्ला दहन
News Desk
Feb-21 तारिख 06:50 बिहान

काठमाडौँ। दाङमा चुनावी प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा (एमाले) को झण्डा जलाएको घटनाप्रति एमालेनिकट विद्यार्थी संगठनले कडा आपत्ति जनाएको छ।

घटनामा संलग्नलाई तत्काल कारबाही गर्न माग गर्दै एमालेको विद्यार्थी संगठन अखिलले काठमाडौँस्थित आरआर क्याम्पस अगाडि रास्वपाका वरिष्ठ नेता बालेन साह को पुत्ला दहन गरेको हो।

उक्त घटनाप्रति एमालेले पनि गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता गतिविधिले राजनीतिक वातावरण बिगार्ने चेतावनी दिएको छ।

यसैबीच प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिसकेको जनाएको छ। अन्य संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।