देशको राजनीतिक अवस्था अतिवादी सर्वसत्तावादतिर उन्मुख : गोबिन्द निरौला
News Desk
May-16 , 2021 तारिख 01:38 बिहान

काठमाडौ । नेपाल समाजवादी काङ्ग्रेसका अध्यक्ष गोबिन्द निरौलाले वर्तमान शासकीय सर्बसत्ताबादको कारण नेपालीहरु जटिल मोडमा उभिनु परेको बताएका छन् । शनिवार उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन । जारी विज्ञप्ती मार्फत निरौलाले शासकहरु निरङ्कुस भएको समयमा देश भित्र बिदेशी शक्तिहरुको हस्तक्षेप हुनु मुलुकको लागि शुभ सङ्केत नभएको जिकिर गरेका छन् ।

‘२०६३ को असंवैधानिक कदम गलत थियोे । जुन उदाहरण पेश भइरहेकै छ । राष्ट्र प्रमुखको हत्या भएको बेला सिङ्गो देश फुटाएर नेपाल सङ्घिय राज्य भएको घोषणा गरिनु देश विघटन गर्ने योजना थियो, हामी घोर भर्त्सना गर्दछौं । साथै मुलुकको सनातन धर्म संस्कृति समाप्त गर्नको लागी धर्म निरपेक्षताको घोषणा हुनुलाई घोर अपराध मानेका छौं । त्यसैले हामी चाहन्छौं कि देश बचाउनको लागी सङ्घियता र धर्म निरपेक्षता खारेज गरि राष्ट्रिय एकता कायम गरौं ।साथै बिशेश अधिकार सहितको राजसङ्स्था समेतको क्रियाशिल आबश्यक छ’ उनले उल्लेख गरे ।

बर्तमान अबस्थामा देशको राजनीतिक अवस्था अतिवादी सर्वसत्तावादतिर उन्मुख भइरहेको र जनताहरु कोभिड १९ जस्तो महामारीबाट छ्टपटाइ रहेको समयमा शासकहरु भ्रस्टाचार र सत्ताको दाउपेचमा लाग्नु दु:खद भएको पनि उनले औल्याए । असफल सरकारको नेतृत्वलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गर्ने कुरा घिनलाग्दो दाउपेच रहेको भन्दै रास्ट्रपतिले के पि ओली नेतृत्वमा गठन गरेको सरकार अतिवादी रहेको हावाला सहित तत्काल विघटन गर्नुपर्नेमा जोड दिदै उनले भने ‘देशको समस्या समाधानको लागी नेपाल समाजवादी काङ्ग्रेस सहितको सर्वदलीय सरकार गठन गर्न माग गर्दछौं’ ।

सरकारले सहमति तयार गरेर देशमा देखिएको अस्थिरताको निकास निकाल्नु पर्ने, गरिव विपन्न जनताको लागी निशुल्क औषधि उपचारका साथै खाद्यान्नको उचित व्यवस्था हुनुपर्ने माग समेत उनले राखेका छन् ।

धेरै पढिएको