सम्माननीय राष्ट्रपतिबाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ? :गगन थापा
News Desk
May-22 , 2021 तारिख 10:52 बेलुका

ओलीलाई गगनको प्रश्‍न- 

 

काठमाडौँ, ८जेष्ठ - राष्ट्रपति विद्यादेवी भण्डारीलाई अहिलेको अवस्थामा कसले पुर्‍याएको हो भनेर कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसमा राष्ट्रपतिलाई 'तपाईं' भन्ने सभ्यतासमेत नभएको भन्दै आलोचना गरेका थिए ।  राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तिमा प्रयोग भएको भाषालाई लिएर ओलीले उक्त आलोचना गरेका थिए ।

प्रधानमन्त्री ओलीले गरेको आलोचनाको कांग्रेसका नेता थापाले प्रतिक्रिया दिएका हुन् । उनले लेखेका छन्, 'गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड "सम्माननीय राष्ट्रपति"बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ?'उनले अगाडि लेखेका छन्, 'गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड "सम्माननीय राष्ट्रपति"बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ?' सामाजिक सञ्जालमा थापाले राष्ट्रपतिलाई तिमी भनेकोमा ओलीलाई कति चित्त दुखेछ भनेर लेखेका छन् । 

राष्ट्रपति भण्डारीले पदीय मर्यादा कायम राख्न नसकेको थापाको भनाइ छ । 'आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो,' थापाले लेखेका छन् ।

 

 

धेरै पढिएको