अमेरिका र भारतका मतिहार प्रधानमन्त्री र राष्ट्रपति     
News Desk
May-25 , 2021 तारिख 02:16 बिहान

       

प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिका र भारतको डिजाइनमा नेपालको २०७२ साल आश्विन ३ मा घोषणा भएको संविधानलाई कुनै हालतमा नेपालमा लागु हुन नदिने प्रपंचको मतिहार बनेको कुरा पछिल्ला घटनाहरुले प्रस्ट पारेको छ । पहिलो कुरा त नेपाली जनताले  संविधान कानुनबाट प्राप्त गरेको अधिकार कटौती  गर्दै  बन्देज लगाउन ओली र भण्डारीलाई अमेरिका र भारतले  सक्रिय गरायो ।  प्रजातन्त्र र अधिकार निमोठ्न अग्रशर गराइयो र उनीहरु सक्रिय भए। २०७८-२-०७ गते संविधानको मूल्य मान्यता मेटाउन लागी परेका ओली दिउँसो २ बजे पत्रकारहरु बीच  छदम कुरा राखेका थिए।  गणतन्त्रमा ओलीको आत्माले नस्विकारेको विषय हो।  त्यसैको कुरा गरेर नथाक्ने बखान उखान गर्दै छल्ने काम गरे। 

अब करिब ४ बजे प्रधानमन्त्रीको दावी लिएर शेर बाहादुर देउवा शितल निवास - शेरबहादुर,प्रचण्ड, माधब नेपाल, उपेन्द्र यादव १४९ जना संसद्को हस्ताक्षर भएको प्रधानमन्त्रीमा दावी गर्न जाँदा खड्ग ओलीले उनीलाई उनकै पार्टीबाट समेत  ९३ जनाको संख्यालाई विद्या भण्डारीको कार्यालय पुग्दा १५३ को दावी छ भनेर राष्ट्रपति भण्डारीले शेरबहादुर टोलीलाई सुनाईन्। 

त्यहि अर्थात् राति १ बजे संसद विघटन गरेर चुनाव आगामी कार्तिक २६ मार्ग ३ को बहाना बनाएर नेपाली जनताले रगत बगाएर आएको संविधान च्यात्न भारत अमेरिकाको योजना  सफल भयो।  विद्या भण्डारी र खड्ग प्रसाद ओलीलाई बधाई छ। 

सिक्किम १९७५ अप्रिल को ३२ संसदमा-३१ भारत समर्थकलाई जिलायेरा १ सिट त्यहाँको राष्ट्रवादीको आएको थियो। अब नेपालमा खड्ग प्रसाद ओलीको समर्थन गर्ने बहुमत सांसद ल्याएर यसैराति भारतको ३७ औँ प्रान्त संसदबाट पारित भएको खबर पनि ओलीबाट हुनेछ। 

हाम्रो देशमा माहाकाली सन्धि अनुमोदन गर्दा रातको १२ बजे भएको थियो।  हिजो राति १ बजे अर्थात २०७८-०२-०८ राति संसद भंग भयो। 

२०५८ साल जेस्ठ १९ गते राति नेपालका परम्परा राजाका १३ जना पनि गोलीले भुटी मृत्यु गराएको थियो।  अब देश जनताको माया गर्ने नेपाली एक भएर प्रतिकार गर्दै यो देश बचाउन एक हुनैपर्छ ।  आउ देश रहे जनता रहे अनि राजनीति र पार्टी रहनछ, ठुला ठुला जागिर रहन्छ।  भारतको बम्बैमा नक्कली व्यापारी आएर सुरजपुरमा बस्दा त्यतिबेलाका भारतीयलाई थाहानै भएन। फलत:  १९००० सेनालाई बेलायतको ३०० सेनाले  जितेको थियो। 

अब भारतीय गुप्तचर संस्था र अमेरिकी गुप्तचर डिवी एक भएर नेपाललाई घेर्ने र महाशक्तिशाली देश अमेरिका चोर बाटोबाट नेपालको गणतन्त्र खेल सुरु गर्यो।  २०७८-०२-०८ गते हाम्रा देशका छोरी चेलीहरु विदेशी नागरिकसँग विवाह गरेर गएकाबाट जन्मेका नाति नातिनालाई पनि नेपालको नागरिकता दिन पाउने अथवा पर्ने अध्यादेश कानुन राष्ट्रपतिले लालमोहर लागाएपछि अब अहिलेको काम सकिए झैँ श्यामशरण  र रंजित रे हरुले नेपालमा अरु पार्टी पनि छन् भारतले अरुसंग पनि सम्बन्ध गर्नुपर्छ भन्ने धारणा आयो। अनि फेरी सर्वोच्च  अदालतमा १४९ जना पुर्व प्रतिनिधि सभाका सदस्यहरु नेपाली नागरिकता सहित निवेदन दिन संसद पुन बहाली गरियोस भन्ने विन्तीपत्र हाल्न लाइनमा छन्। 

धन्य विद्या भण्डारी, धन्य धन्य खड्ग प्रसाद ओली : निहुरे देशका निहुरे जनता हामी ।                            

(राम प्रसाद  ढुगाना बेलकोटगढि नुवाकोट)

धेरै पढिएको