News Desk
इर्श्या र लोभ विहिन नेताहरुलाई दोस्रो वेभले " बडारेकै हो त" ? कमरेड !
कमरेड ! बिष्णु रिजाल
अभिवादन।
ओलीराजमा कमरेडको सन्चो बिसन्चो सोध्न आवास्यक नै छैन,जेष्ठ :११ गते, नेपाल खबरमा आएको बिचारबाट मेरो ध्यानाआकर्षण हुदाँ र जवाफ दिदाँ नै जनता र आम कार्यकर्तालाई न्यायको तराजुमा जोख्न उपयूक्त र सजिलोहोस भन्ने लागेर , मैले यो गुस्ताफी गरेको छु ! रिसानी माफी होस भन्न चाहन्छु । " माफी मुस्कील" ।
"राजनितीमा न स्थायी शत्रु हुन्छ न स्थाई मित्र" यसको दरिलो प्रमाण खोज्न म लगायत आम नेता, कार्यकर्तालाई कमरेडको नाम नै काफी छ । हामी होले- होले सिक्दैछाै , आशा गराै छिटै यो नेकपा ( एमाले) को पार्टीमा स्थापित नजिर रहने छ र अदल- बदल पार्टीको जीवन बन्ने छ।
"तपाईं भाग्यमानी मध्येको भाग्यवान, सधै तुरुपको एक्काको आसपासमा नै रहने, जहिल्यै नी ,सान साैकत पुर्ण पार्टीको जिम्मेवारीमा , रहेर रमाई रहनु पर्ने। हामी मामुली कार्यकर्ता, रोजीरोटीको नी चटारो छ, परिवारलाई पाल्नु पनि पर्यो , दु:ख छ हजुर !हामी जस्ता कार्यकर्तालाई।"
तपाईं भाग्यमानी मध्येको भाग्यवान, सधै तुरुपको एक्काको आसपासमा नै रहने, जहिल्यै नी ,सान साैकत पुर्ण पार्टीको जिम्मेवारीमा , रहेर रमाई रहनु पर्ने। हामी मामुली कार्यकर्ता, रोजीरोटीको नी चटारो छ, परिवारलाई पाल्नु पनि पर्यो , दु:ख छ हजुर !हामी जस्ता कार्यकर्तालाई।
कमरेड रिजालजी र अरु धेरै धुरन्धरलाई सत्ताको स्वाद चाखिरहन " माैरीको गुडँको वरिपरि भनभनी रहने रानी माैरी झै" माैका मिलिरहन्छ । साच्चै सँगठन र पार्टिमा क्रियासील कार्यकर्ताले भेटन खोजे राजाको दर्शन गरे जस्तै ! नेताको प्रस्तुति हेर्दा लाग्छ, कार्यकर्ता त गुलाम नै हुन कि को हुन ? जस्तो प्रतित हुन्छ, तर मन सम्हाल्छाै । किन? ईमान्दार कार्यकर्ताले अवसर प्राप्त गर्न पुस्तेनी हक नै लिएर आउनुपर्छ । जीवनभर, उर्जाशिल समय पार्टी र संगठन निर्माणमा लाग्दा पनि , सत्ताको वरिपरि रमाई रहनेले उनीहरुले हरेक माैकालाई हलाल गरिरहेका हुन्छन, भित्रिया माफीयाको गलत रिपोर्टिङ्गको कारणले। माफी चाहन्छु, यो पीडा कमरेडले कसरी बुझ्नु होला र? कमरेड माधब कुमार नेपाल जस्तो , पार्टी द्रोहीले यो अवसर तपाईं कमरेडलाई प्रदान गरे, यस्ता गद्दारहरुलाई कारबाही किन नगर्ने कमरेड? तपाईको अन्तर आत्माले के बोल्छ , के भन्छ ? मनलाई शान्त राखेर गम्नुहोला डियर कमरेड।
भेरियन्ट प्रवेशको दोषी को?
"मलाई (माधब कुमार नेपाल टिमलाई), एमालेबाट लखेटेर ,एकतालाई अफ्ठयारोमा पर्दा तिमी त चोर झ्याल भित्र लुसुक्क छिर्यौ कमरेड! सजिलोमा मेरो घरको भान्छा भित्र छिरेर चाउचाउ उमालेर र चिउरा तरकारी खाएको याद आउँछ होला नी कमरेड"?
भेरियन्ट आयो , पहिल्यैमा मरिहालिन्छ कि? पार्टि फुटिहाल्छ कि जस्तो लाग्थ्यो । केही हदसम्म पार्टी पनि जोगियो हामी पनि बाचियोै भन्ने लागेको नै हो । दाेस्रो भेरियन्ट आउदाँ बचाउका उपाय छोडेर , खुसुक्क मास्क र सेनिटाईजर लिएर मावली तिर भागेको भन्ने हल्लाहरु बजारभरि छरिए के यो असत्य हो? साताै दशक तिर लागेका कमरेड माधब कुमार नेपालले अब कसरी यस्ता होनोहार कार्यकर्तालाई विश्वास गर्लान? बडाे अनाैठो र गम्भीर प्रश्न उठेको छ । उनका आखाँका मलिन डिलले खोजीरहेको झै लाग्छ र असजिलो मानेर भनिरहेको झै लाग्छ, कस्तो सारथी हाै? जब "मलाई (माधब कुमार नेपाल टिमलाई), एमालेबाट लखेटेर ,एकतालाई अफ्ठयारोमा पर्दा तिमी त चोर झ्याल भित्र लुसुक्क छिर्यौ कमरेड! सजिलोमा मेरो घरको भान्छा भित्र छिरेर चाउचाउ उमालेर र चिउरा तरकारी खाएको याद आउँछ होला नी कमरेड"? त्यहि विश्वास र सम्मान ओली एमाले टिमले नी दिओस भन्ने शुभकामना छ, भनिरहेका झै हामी उहाँको वेदना महशुस गर्छाै ।
नक्कल र सक्कल छुट्याउनी विधि के हो?
न्यायाधीशले नि दुबै पक्षको दलिल सुन्छ, प्रमाणहरु हेर्छन तर तपाईं खुसुक्क लुकेर भित्र छिरेर नक्कली भो भनेर आफै नक्कली काम गर्न अलिकती सरम लाग्दैन , कमरेड! ओली पोलपोटपथमा छन, पार्टि सबैको साझा हो। ईतिहास हेर्नुहोस ,कसैको भन्दा कम योगदान पार्टी बनाउन दिएका छैनन, तपाईको समर्थन पाएका गुटे एमालेबाट निस्कासन भएका नेताहरुले । माैकापरस्त भएर आरोप र कुण्ठाले निस्कासन गर्ने हो भनेपनि , सर्वप्रथम विधीपु्र्बक , नियममा र लाज छोपनी गरेर कारबाही गर्न सिकाउनेसम्मको हेक्का कसले राखे ?कता बसेका थिए स्थायी कमिटि वा केन्द्रीय समितीको बैठक ? एमाले पार्टी उत्पन्न भएपछि बैठक राखाै र स्पष्टीकरण सोधेर , चित्त बुज्दो जवाफ नआए आम कार्यकर्तालाई सुचना दिएर कारबाही गरे भै गयो नि । बहुमत प्रमाणीत गरेपछि ,बल्ल पो मानीन्छ " शेर घाँस नहि खाँताँ" भन्ने तर शेर बनेपछि, जँगलका सबै जातका घाँस त खानु भएन नि ! । शक्तिसाली छु भन्दैमा नागार्जुनमा सुकुलबक्सिएको पुर्ब माहाराजको नक्कल त गर्नु भएन नि । ओली सरकारका दुई चार जना महमा लठ्ठिएकाहरुको समर्थनले नै एक छत्र जनताको भावना हो भन्ने आत्माकेन्द्रीत र कुण्ठित सोचबाट बाहिर निक्लिने बित्तिकै एमाले एक हुन्छ। अन्यथा ! म चुनाैती दिन्छु , कसरी दोहोरो अंकको सिट जित्छन ? चुनावमा, यस्तो छरपस्ट काला कर्तुतहरुले।
शेर बहादुरलाई प्रधानमन्त्री बनाउन खोज्नु :ईश्चित थियो कि बाध्यात्मक ?
जब , प्रधानमन्त्रीले विश्वासको मत लिन असफल मात्र रहनु भएन एतिहासिक बेज्जत नै हुन पर्यो, एउटै पार्टिका नेताहरु उक्त भोटिङ्गमा अनुस्पस्तिथी भए। तब,प्रधानमन्त्रीले नबुझेको हो कि, भडुवाहरुले भाँडेको हो ? यति गरिसके पछि साथीहरुका मन कुडि सकेका रहेछन , अब एकताको विकल्प छैन भनेर सार्वजनिक उदघोष गर्न पर्दैन थियो ? कि विकल्प रहित बनाएर सडकमा नै पछार्ने दाउँ थियो म जस्ता सचेत कार्यकर्ताले बुझेका छाै। तिमी भन्दा हजार गुणा हामी पनि बुझ्छौ र याद गर , नबोल्दैमा नबुझेको हुँदैन । कुनै पनि संगठनमा लागेका र मार्क्सवाद / लेनिनबादबाट प्रशिक्षित कार्यकर्ता वा नेतालाई केमा र किन भोट हाल्नुपर्छ। त्यो सिकाउन खोज्नु मुर्खता होईन र? बाउलाई घर कसरी चलाउने भनेर सिकाएको जस्तो उटपट्याङ्ग लाग्दैन?
कारबाही र फिर्ताको नाटक ओलीटिक्स सिवाय केही थिएन :
शिर्ष नेताद्व्यको लामो र घनीभुत वार्तापछि बनेका वार्ता टोलीहरु , साच्चै समस्याको सामाधान उन्मुख थिए त ! यो चलाखीपुर्ण ओलीटिक्स मात्र थियो भन्ने हाम्रो पुर्व अनुमान भैसकेको थियो र जुन साच्चैको साबित हुँदै गयो। चार जनाको कारबाही फिर्ता त हात्तिका देखाउने दाँत शिवाय केही थिएन । हामीले हाम्रा हरेक जुम मिटिङ्गमा " यो ओलीटिक्स हो पोलिटिक्स हैन भनेर ढाडस र परेको बेहोर्ने भनेर समस्त कार्यकर्ताका आवाज बुलन्द गर्यौ । लम्पसार पर्न न कार्यकर्तालाई छुट थियो न बार्ताटोलीलाई न कमरेड.माधब कुमार नेपाललाई । हाम्रो बलियो जनसमर्थन सहितको आधार नै हाम्रा भबिष्य रहेको जानकारी गरिएको थियो ।
"जेष्ठ २ मा फर्किने ओलीटिक्सको ट्याक्टिस शिवाय केही थिएन । यदि, ईमान्दारीता थियो भने राष्ट्रियसभाको चुनाव हुनु पुर्व किन लिखत सम्झाैता गरिएन?"
जेष्ठ २ मा फर्किने ओलीटिक्सको ट्याक्टिस शिवाय केही थिएन । यदि, ईमान्दारीता थियो भने राष्ट्रियसभाको चुनाव हुनु पुर्व किन लिखत सम्झाैता गरिएन? कि कमरेड. राम बहादुर थापा बादललाई बलिको बकरा बनाउने र दोष जति क. माधब कुमार नेपाल पक्षधरलाई लगाउने ओलीटिक्सका नटवरलालहरुको तयारी थियो? भन्नेमा म चाँही ढुक्क छु । फेरी , लगत्तै अल्पमतको सरकारले समय छँदै आफ्नै पार्टिको असुन्तुष्ट पक्षको समर्थन नलिई बजेट पेश गर्नुपर्ने, ५-७ दिन अगाडी नै बालुवाटारमा कुम्भ मेलाको आयोजना गर्नु कुनै हिसाबले पनि जरुरत देखिदैन , यस्ता क्रियाकलाप अब देखाईदिन्छु भन्ने प्रकारका हुँकार थियो । जुन हुँकार केही घण्टाप पनि टिक्न सकेन।
अन्त्यमा राजनीतिको प्रभाव :
भाई-भाई फुटे, गवाँर लुटे’, जति नै जसको मन तिक्त भए पनि एमाले मिल्नुको विकल्प हिजोको न ईतिहासले सिकाएको छ , यो टुटले न कसैको भबिष्य सुरक्षित हुनेछ। अहिले सत्ता र शक्तीको रमझमले ओलिटिक्स सफल वा असफल हुन सक्छ तर एमालेको एतिहासिक जबजको पोलिटिक्स नराम्रोसँग पराजित हुने निश्चित छ ।
(लेखक: हरिभत्त श्रेष्ठ नेकपा( एमाले) काठमाण्डौ जिल्ला कमिटि सदस्य र क्षेत्र न. ५ को प्रदेश " क" को ईन्चार्ज/ पर्यटन ब्यबसायी हुन )