प्रदेश २ मा कांग्रेसबाट तीन मन्त्रीले लिए शपथ
News Desk
Jun-10 , 2021 तारिख 12:35 बिहान

जनकपुरधाम —प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले बुधबार साँझ नेपाली कांग्रेसबाट तीन जनालाई मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री राउतले बुधबार साँझ मन्त्रिपरिषद्  विस्तार गरेका छन् ।  बुधबार साँझ नेपाली कांग्रेसबाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले बुधबार राति शपथ ग्रहण गराएका हुन् ।

नवनियुक्त मन्त्रीहरुमा रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।

जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूहले सरकारबाट ठाकुर–महतो समूहका चारमन्त्री पदमुक्त गरेपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद्‌मा बुधबार साँझ कांग्रेस सांसदहरुलाई सहभागी गराएका हुन् ।

 

धेरै पढिएको