नेपाली काग्रेस गण्डकी गाँऊपालिका सभापतीमा दिनेश पन्तको ऊमेदवारी
News Desk
Sep-21 , 2021 तारिख 06:33 बिहान

नेपाली काग्रेस गण्डकी गाँऊपालीका पार्टी सभापतीमा गण्डकी गाँऊपालिका वडा नम्बर-२ साबिकको ताङलीचोक गाविस निवासी युवा नेता दिनेश पन्तले ऊमेदवारी दिने घोषणा गर्नु भएको छ। नेपाली काग्रेस पार्टीको संसोधित महाधिवेशन कार्य तालिका अनुसार यहि मिति २०७८ असोज ९ गते हुन लागेको गाँऊ/नगर पालिका अधिवेशनमा नेका गण्डकी गाँऊपालिका पार्टी सभापतीका लागी पन्तले ऊमेदवारी दिने घोषणा गर्नु भएको हो। गण्डकी गाँऊपालिका वडा नम्बर-२ बाट क्षेत्रिय प्रतिनिधिका रुपमा चयन हुनु भएका पन्त गण्डकी गाँऊपालिका नेका का पाका नेता,सामाजिक,राजनितिक व्यक्तित्व शकर पन्तका छोरा हुनु हुन्छ।

राजनितिक परिवारमा जन्म लिनु भएका पन्तको जन्म साबिकको ताङगलीचोक गाबिसमा भएको हो। विधार्थी काल बाट नेपाल विधार्थी संघको राजनिति देखिनै संक्रिय हुदै आऊनु भएका पन्त ने.वि.संघ जिल्ला कार्यसमिति गोरखामा वि.स.२०४९-२०५१, पब्लिक युथ क्याम्पस ईकाई सह-सचिव पदमा रहेर २०५३-२०५४,ने.वि.संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगंन्ज ईकाई सह-सचिव पदमा रहेर २०५५-२०५७, प्रवास बसाईको क्रममा जनसम्पर्क समिति दक्षिण कोरिया कार्य समिति सदस्य वि.स. २०६१ साथै नेका गोरखा जिल्ला प्रतिनिधी सभा क्षेत्र नम्बर १ को क्षेत्रिय सदस्य पदमा १३ औ अधिवेशनमा निर्र्वाचित भएर जिम्मेवारी समाल्दै आऊनु भएको छ। सामाजिक,राजनितिक गतिविधीमा संम्लग्न हुदै व्यवसायी क्षेत्रमा समेत सफल हुनु भएका पन्त गोरखा दक्षिण बेल्टमा पाका ऊमेरका नेका का नेता कार्यकर्ता देखि युवाहरुको नजरमा समेत सभापती पदको लागी अब्बल देखिदै आऊनु भएको छ। पन्तको प्रतिस्पर्धीको रुपमा रहनु भएका अर्का सभापतीको आकाक्षी गण्डकी गाँऊपालिका अध्यक्ष समेत रहनु भएका सालिन,भद्र व्यक्तित्व होम बहादुर राना मगर रहनु भएको छ।

गोरखा काग्रेसमा “एक व्यक्ति एक पदिय जिम्मेवारी”हुनु पर्छ भनेर विभिन्न छलफल,भेटघाट,सामाजिक संजाल लगाएतमा आवाज बुलन्द्ध गर्दै आऊनु भएका पाका नेता कार्यकर्ता देखि परिवर्तनका संम्वाहक युवाहरुले गाँऊपालिका अध्यक्ष समेत हुनु भएका मगर लाई सफल जनप्रतिनिधीको रुपमा स्थापित हुन आफुले पाएको जिम्मेवारी तिर नै व्यस्थ रहदै पार्टी र संगठनमा अभिभाकत्व ग्रहण गर्दै अपुरो रहेका जनताका कामहरु लाई लिगेर आगामी स्थानिय तहको निर्वाचनमा एजेण्डाको रुपमा तयार गर्न समेत अनुरोध हुदै आएको जानकारी हुन आएको छ। एक क्षेत्रिय प्रतिनिधी संगको हाम्रो सम्पर्कमा आफुहरुको यस पटकको जिल्ला अधिवेशन सम्मको एजेण्डा भनेको नै नेपाली काग्रेस गोरखामा “एक व्यक्ति एक पदिय जिम्मेवारी”लाई स्थापित गर्ने समेत धारणा व्यक्त गर्नु भयो।

स्थानिय तहको जिम्मेवारी समेत समाल्दै आऊनु भएका अग्रज नेताहरुको व्यस्थता स्थानिय तहमा नै हुने भएकोले पार्टी र संगठनमा प्रयाप्त समय दिन नसकिने बुझाई आम नेका का शुभचिन्तक,नेता,कार्यकर्ता देखि वडा सभापती,क्षेत्रिय प्रतिनिधीहरुको समेत रहेको धारणा व्यक्त गर्नु भएको छ। ऊहाँले हामीले हाम्रा जन प्रतिनिधिका रुपमा काम गरि रहेका अग्रज नेताहरु लाई प्रदेश प्रतिनिधि,महाधिवेशन प्रतिनिधी लगाएतका पदमा विजयी गराऊदै सबल र शुदृण केन्द्रिय नेतृत्व चयन गर्ने जिम्मेवारी दिने योजना भएपनि पार्टीको नेतृत्व तहमा आऊनको लागी सहयोग गर्न नसक्ने धारणा समेत ऊहाँहरु लाई जानकारी गराई सकेको धारणा समेत व्यक्त गर्नु भएको छ। गण्डकी गाँऊपालिकामा नेका पार्टीमा आम नागरिक,युवाहरुको आकर्षण बढ्दै गए संगै पार्टी र संगठन लाई नेतृत्व गर्न पनि युवा सोच जोस,जाँगर भएका युवाहरुले नेतृत्व गर्दा मात्रै आम नेका का शुभचिन्तक र आकर्षित भएका युवाहरुको भावना लाई समेट्दै सिन्गो गाँऊपालिकामा काग्रेसको संगठन मजबुत बनाऊन सकिने धारणा समेत गण्डकी काग्रेसजनमा चर्चा हुदै आएको पाईन्छ।

धेरै पढिएको