आज २०८० माघ १३ गतेको राशिफल
News Desk
Jan-27 , 2024 तारिख 06:52 बिहान

मेष - आरीऐष्

 

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

 

काम सन्तोषजनक नभए पनि फाइदै हुनेछ। प्रयत्न गर्दा प्रतिष्ठित व्यक्तिहरूकाे साथ–सहयाेग पाइनेछ। र, दिगो काम प्रारम्भ गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ।

 

वृष - टाऊरूष्

 

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

 

आँटेकाे काम गर्न बिहानै जुट्नुहाेला। अग्रजको सहयोग लिँदा राम्रो हुनेछ। तर विशेष योजना सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ। आस लागेको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।

 

मिथुन - गैमीणी

 

का, कि, कु, घ, ङ, छ, के, को, ह

 

बाैद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ। प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन। आयस्रोत पनि बढ्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन। दिउँसाेदेखि आत्मविश्वासको कमीले पछि परिनेछ। नाेक्कासानीका साथै विवादमा फसिने डरले सताउनेछ। आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ तर बलजफ्ती गर्दा काम बिग्रन सक्छ।

 

कर्कट - चाण्चैर्

 

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

 

लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेकाे काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ। दिगो काम सुरु गर्ने समय छ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। तर हतारमा निर्णय लिँदा काम बिग्रनुका साथै दोहोर्याउनुपर्ने हुन सक्छ।

 

सिंह - लैओ

 

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

 

खर्चिलाे काममा हात हाल्नाले रकम जुटाउन कर्जा लिनुपर्ला। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। प्रयत्न गर्दा यात्राकाे साइत जुर्न सक्छ। दिउँसाेदेखि महत्त्वाकांक्षी याेजनाले प्रश्रय पाउनेछ। तर हठ गर्ने बानीले सहयोगीहरू पछि हट्नेछन भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

 

कन्या - वीर्गो

 

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

 

प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। पेसा–व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। खर्चिलो काम थालनी हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ।

 

तुला - लीब्रा

 

र, रि, रु, रे, रो, ता, ति, तु, ते

 

कामकाे अवसर प्राप्त भए पनि अरूको दबाबमा परिने सम्भावना छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। आफ्नैले काममा बाधा पुर्याउनेछन। विवादमा अघि नसर्नुहाेला। दिउँसोदेखि स्थितिमा सुधार आउनुका साथै आम्दानीका नयाँ स्रोत फेला पर्नेछन। श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ व्यवसायमा लगानी गर्ने वातावरण बन्न सक्छ।

 

वृश्चिक - ष्चोर्पीओ

 

तो, ना, नि, नु, ने, नो, या, यि, यु

 

श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन। भौतिक साधन जुट्नाले आँटेकाे काम गर्न सकिनेछ। मध्याह्नदेखि अरूको दबाबमा परिने सम्भावना छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। सावधानीले उपलब्धि जाेगाउन सकिनेछ, मिहिनेत गर्नुहाेला।

 

धनु - षागीट्टारीऊष्

 

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

 

स्वास्थ्य कमजाेर हुनेछ। अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। फाइदा लिन उही काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दिउँसाेदेखि सम्भावना खोजी गर्ने समय छ। दिगो योजना बन्नेछ र पेसा–व्यवसायमा सामान्य फाइदा हुनेछ। मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ।

 

मकर - चाप्रीचोर्ण्

 

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

 

रमाइलाे भेट भए पनि व्यावहारिक काम गर्ने समय छ। प्रियजनका लागि केही समय छुट्याउनुपर्ने हुन सक्छ। प्रयत्न गर्दा अड्किएकाे काम बन्नेछ। पेसा–व्यवसायमा आंशिक लाभ हुनेछ। दिउँसोदेखि काममा दाैडधुप गर्नुपर्ने हुन सक्छ। परिश्रमले थकित भइनेछ। समस्या दर्साउँदा सहयाेगीहरूले साथ दिनेछन। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

 

कुम्भ - आकूआरीऊष्

 

गु, गे, गो, सा, सि, सु, से, सो, द

 

रकम खर्च भए पनि काम अड्किन सक्छ। किनमेल गर्दा अनावश्यक सामानमा बढी खर्च हुनेछ। यात्राले थकित भइएला। बिहान जटिल काममा जुट्नुपरे पनि दिन उत्साहवर्द्धक रहनेछ। व्यापार बढ्नेछ भने यात्राकाे साइत पनि जुर्न सक्छ। प्रियजनसँग भेटघाट हुनेछ भने साँझतिर आतिथ्यपूर्ण सम्मान प्राप्त होला। मिहिनेत गर्दा उद्देश्य प्राप्त गर्न सफल भइनेछ।

 

मीन - पीष्चैष्

 

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

 

बिहानको समय उपलब्धिमूलक रहनेछ। व्यवसायले आम्दानी बढाउनेछ। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा मनज्ञ लाभ हुनेछ। मिहिनेतले नाम र दाम दिलाउनेछ। दिउँसाेदेखि अधैर्य व्यवहार दर्साउँदा काम बिग्रन सक्छ। व्यर्थैमा अरू

काे आलाेचना सहन गर्नुपर्नेछ, सजग रहनुहाेला। केही खर्च पनि बढ्न सक्छ।

 

धेरै पढिएको