धर्मोदय सभाले रामग्राम लिजमा दिने प्रक्रिया खारेजीका लागि माग
News Desk
Feb-03 , 2024 तारिख 07:58 बिहान

धर्मोदय सभाले भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक रामग्राम स्तूपको निर्माण एवं उत्खनन गर्न एक निजी कम्पनीलाई ९९ वर्षका लागि भाडामा दिन तयार परियोजना र विदेशी संस्थासँग गरिएको समझदारीपत्र तत्काल खारेज गर्न माग गरेको छ।

सभाले आज (शुक्रवार) विज्ञप्ति प्रकाशन गरी उक्त समझदारीपत्र सरकार, अर्थ मन्त्रालय र पुरातत्व विभागले विधिसम्मत छैन भनिसकेकाले उक्त परियोजना रद्द गरी विश्वभरका बौद्धहरुको भावनामा चोट नपुग्ने गरी सरकारकै नेतृत्वमा स्तूपको विकास निर्माण तथा उत्खनन अघि बढाउन आग्रह गरेको छ। 

धेरै पढिएको