आज २०८० माघ २९ गतेको राशिफल
News Desk
Feb-12 , 2024 तारिख 07:04 बिहान

मेष - आरीऐष्

 

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

 

प्रयत्न गर्दा बिहानै व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। आम्दानी बढ्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। भैपरी आउने खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।

 

वृष - टाऊरूष्

 

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

 

कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अवसर प्राप्त भए पनि आलस्य गर्ने बानीले समस्या निम्त्याउनेछ। परिवारमा असमझदारी बढ्न सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। दिउँसाेदेखि रोकिएको काम बन्नेछ भने गरेका कामको राम्रो मूल्यांकन हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन। गरेका काममा सोचेजस्तै सफलता मिल्नेछ र मनज्ञ धनलाभ हुनेछ।

 

मिथुन - गैमीणी

 

का, कि, कु, घ, ङ, छ, के, को, ह

 

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। लगनशीलताले सफलता दिलाउनेछ।

 

कर्कट - चाण्चैर्

 

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

 

स्वास्थ्य कमजाेर रहनाले काम गर्न समय लाग्नेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढ्नाले दौडधुप गर्नुपर्ला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले जाेश–जाँगर बढ्नेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन। मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न सकिनेछ।

 

सिंह - लैओ

 

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

 

पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। नयाँ व्यवसाय थालनी हुनेछ। मनोरञ्जनको समय छ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। दिउँसाेदेखि विवादास्पद जिम्मेवारी आउन सक्छन। अस्वस्थताले काममा बाधा पुर्याउनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाएरै फाइदा उठाउन सकिनेछ।

 

कन्या - वीर्गो

 

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

 

अरूको करकापमा गरिएकाे कामले समस्या निम्त्याउन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन। व्यर्थैमा शत्रु बढ्न सक्छन। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। समय लागे पनि स्थितिमा सुधार आउनेछ। साँझतिर अतिथिका रूपमा सत्कार पाइनेछ। भेटघाट र खानपानकाे आनन्द प्राप्त हुनेछ।

 

तुला - लीब्रा

 

र, रि, रु, रे, रो, ता, ति, तु, ते

 

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

 

वृश्चिक - ष्चोर्पीओ

 

तो, ना, नि, नु, ने, नो, या, यि, यु

 

फाइदाकाे पछि लाग्दा नाम बिग्रन सक्छ। तापनि, गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको साथ–सहयाेग प्राप्त हुनेछ। आज अरूलाई दिने नभई धनमाल भित्र्याउने समय छ। साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ। अध्ययनमा प्रगति हुनेछ। व्यापारमा मनज्ञ लाभ हुनेछ।

 

धनु - षागीट्टारीऊष्

 

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

 

रचनात्मक काममा जुट्ने समय छ। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला। बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ। व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला। दिउँसोदेखि आफन्तबाट सावधानी अपनाउनुहोला। व्यसायमा काम बिग्रनाले केही दौडधुप गर्नुपर्नेछ।

 

मकर - चाप्रीचोर्ण्

 

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

 

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन भने अवसर तथा सफलताले पछ्याउनेछन। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। चिताएकाे काम बन्नाले नयाँँ काम थाल्न सकिनेछ।

 

कुम्भ - आकूआरीऊष्

 

गु, गे, गो, सा, सि, सु, से, सो, द

 

लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन।

 

मीन - पीष्चैष्

 

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

 

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसाेदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोज्ञ कामले प्रशंसक बढ्नेछन। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

 

धेरै पढिएको