आज २०८० चैत्र ०९ गतेको राशिफल
News Desk
Mar-22 , 2024 तारिख 06:36 बिहान

मेष - आरीऐष्

 

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

 

प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ।

 

वृष - टाऊरूष्

 

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

 

केही समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साथीभाइले साथ दिनेछन। पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। तर बेसुरमा वचन दिनाले दुःख पाइनेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ।

 

मिथुन - गैमीणी

 

का, कि, कु, घ, ङ, छ, के, को, ह

 

परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ। ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।

 

कर्कट - चाण्चैर्

 

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

 

मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन। लगनशीलताले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

 

सिंह - लैओ

 

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

 

साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

 

कन्या - वीर्गो

 

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

 

छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि दिगो काम प्रारम्भ हुनेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन भने वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ।

 

तुला - लीब्रा

 

र, रि, रु, रे, रो, ता, ति, तु, ते

 

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोज्ञ काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ। भौतिक साधन जुट्नेछन भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

 

वृश्चिक - ष्चोर्पीओ

 

तो, ना, नि, नु, ने, नो, या, यि, यु

 

मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। तारिफयोज्ञ कामको चर्चा हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि लक्ष्यमा पुग्न मुस्किल पर्नेछ। परिस्थितिवश चिताएको काम बीचमा रोकिन सक्छ।

 

धनु - षागीट्टारीऊष्

 

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

 

सामाजिक उत्तरदायित्व वहन गर्दै लाभदायक जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोज्ञ कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाज्ञ्ले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ।

 

मकर - चाप्रीचोर्ण्

 

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

 

परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। नयाँ काम थाल्न केही समय पर्खनुपर्ला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। पछाडिबाट अवरोध पुर्याउनेहरू सक्रिय रहे पनि शुभचिन्तकहरूले साथ दिने हुँदा काम बन्नेछ।

 

कुम्भ - आकूआरीऊष्

 

गु, गे, गो, सा, सि, सु, से, सो, द

 

पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन। काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ। तर अधैर्य व्यवहारले आत्मसम्मानमा बाधा पुर्याउनेछ।

 

मीन - पीष्चैष्

 

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

 

सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। स्वास्थ्यसम्बन्धी चिन्ताले पनि सताउनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।

 

धेरै पढिएको