News Desk
-सहबान अन्सारी
नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.६ गुठी परसौनीमा श्री राम जानकी मन्दिर प्राण प्रतिष्ठा एव यज्ञ अनुष्ठानको लागी भव्य कलश यात्राको साथ सुरु भएको छ ।
मंगलवार नवनिर्मित श्री राम जानकी मन्दिरबाट सुरु भएको कलश यात्रा गाउँका मुख्य सडक हुँदै हजारौंको संख्यामा भक्तजनको साथ धुमधामका साथ कलश यात्रा निकालिएको हो ।
मन्दिरको प्राण प्रतिष्ठा एव यज्ञ अनुष्ठानको लागी करिब ५ सय कन्याहरुद्वारा नारायणी नदिको जल भराई पश्चात पुन: मन्दिर तथा यज्ञ स्थल सम्म पुगेको वडाध्यक्ष केशव प्रसाद अधिकारीले बताए।
चैत २७ गते सुरु यज्ञ बैशाख ७ गते सम्म संचालन रहने यज्ञमा मुख्य प्रवचन कर्ता बनारस( भारत)का पण्डित संदिप ओझा द्वारा कथा बाचन तथा प्रवचन हुने समाजसेवी दिनबन्धु मिश्राले बताए।
मन्दिरको प्राण प्रतिष्ठा एवं अनुष्ठान यज्ञमा सहभागी भई सबै वडा बासीहरुलाई अनुरोध गरिएको छ।