बालाजुको २२ धारामा आजबाट मेला शुरु
News Desk
Apr-23 , 2024 तारिख 06:18 बिहान

चैत्र शुक्ल पूर्णिमा। वर्षकै पहिलो पूर्णिमा। चैत्र शुक्ल प्रतिपदामा संवत्सर आरम्भ हुने भएकोले यो पूर्णिमालाई नै वर्षको पहिलो पूर्णिमा मानिन्छ।

यो दिन हनुमान जयन्ती मनाइन्छ। वायु र अञ्जनीपुत्रका रूपमा जन्मेका हनुमान भगवान रामका बाहनको रूपमा परिचित छन।

यसैगरी विभिन्न तीर्थस्थलमा मेला तथा जात्रा लाग्छ। विशेषगरी बालाजुको २२ धारामा मेला लाग्छ। यहाँ स्नान गर्नाले चर्मरोगबाट मुक्त भई दीर्घजीवन तथा सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वास छ।

तामाङ समुदायको तेमालजात्रा पनि यही दिन सम्पन्न हुन्छ।

 

 

धेरै पढिएको