राष्ट्रिय परोपकार महासंघ नेपाल जिल्ला कार्य समिति तनहुँको अध्यक्षमा पुनः तारानाथ घिमिरे चयन
News Desk
May-26 , 2024 तारिख 07:32 बिहान

तनहुँ, १२ जेठ/राष्ट्रिय परोपकार महासंघ नेपाल जिल्ला कार्य समिति तनहुँको अध्यक्षमा पुनः तारानाथ घिमिरे सर्वसम्बत निर्वाचित भएको छन् । शनिवार भएको महासंघको १२ औँ साधारणसभा एवं चौथो अधिवेशनले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा नारायण वाग्ले, सचिवमा ऋषिराम ढुँगाना, कोषाध्यक्षमा माधवप्रसाद अधिकारी, सहसचिवमा विश्वराज खनाल सर्वसम्बत चयन हुनुभएको हो । त्यस्तै सदस्यमा सरस्वती पौडेल र चिजकुमार श्रेष्ठ चयन भएका छन् । त्यस्तै सल्लाहकारहरुमा काशीनाथ न्यौपाने, ताराप्रसाद श्रेष्ठ, सत्यप्रसाद खनाल र सत्यप्रसाद न्यौपाने चयन भएका हुन् । 

जनजनका मनमनमा सेवा गर्ने भाव अभिप्रेरित गराउन आवश्यक छ ः भागवत भाष्कर पण्डित कमलनयन गौतम

राष्ट्रिय परोपकार महासंघ नेपाल जिल्ला कार्य समिति तनहुँको १२ औ साधारणसभा तथा चौथो अधिवेशन गरिएको छ । अधिवेशनको राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष भागवत भाष्कर युवा पण्डित कमल नयन गौतमले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै स्वार्थ रहित भएर परोपकारी सेवामा जुट्न आग्रह गरे । जनजनका मनमनमा सेवा गर्ने भाव अभिप्रेरित गराउने अभियानमा लागेको उनले बताए । मानव भएर मानवसंग रहनको लागि अभियान मार्फत परोपकारमा जोडिएको उनको भनाई थियो । पछिल्लो समय सामाजिक सञ्जालका कारण झनै परिवारमा बहिरभाव बढेको बताउदै उनले यसलाई न्युनिकरण गर्नुपर्ने आवश्कयता रहेको बताए । परोपकार संगै कल्पवृक्ष अभियानलाई समेत महासंघले तिव्रता दिएका बताउदै पण्डित गौतमले बातावरण स्वच्छ बनाउनको लागि मादी सेती संगममा सहित कालीगण्डकीमा वृक्ष रोपिएको जानकारी दिए ।

व्यास अध्येता काशीनाथ न्यौपाने अरुलाई परोपकार गर्दा कुनैपनि अभिमान राख्न नहुने बताए । अरुलाई सेवा वा दान दिदा मैले यतिदिए उतिदिए भनेर पुन्य नमिल्ने उनको भनाई थियो । मैले यतिदिए उति दिए भनेर गरिएको दान दान नभई विज्ञापन भएको र त्यसले पुन्य समेत नमिल्ने उनको भनाई थियो । पछिल्लो समय धार्मिक गतिविधि बढेपनि सेवामुखी भन्दापनि प्रचारमुखी रुपमा देखिएको उनको दाबी थियो । व्यास पराशर क्षेत्रलाई हिंसामुक्त क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकता रहेको समेत व्यास अध्येता न्यौपानेले बताए । 

व्यास ५ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ हिमालले पराशर क्षेत्रलाई वृक्षरोपण सहित पराशर पार्कलाई व्यवस्थित गरिने बताए । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने क्रम बढेको कारण ज्येष्ठ नागरिक घरमा एक्लै बन्ने अवस्था रहेको कारणले उहाँहरुलाई संरक्षण गर्ने स्थान बनाउनको लागि आवश्यकता समेत भएको उनले बताए । धन, मन र परिश्रमबाट सेवालाई अगाडि बढाउनुपर्ने वडाध्यक्ष श्रेष्ठको भनाई थियो । 

राष्ट्रिय परोपकार महासंघ नेपाल जिल्ला कार्य समिति तनहुँका अध्यक्ष तारानाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक एवं राजनीतिक व्यक्तित्व देव कुमार श्रेष्ठ, परोपकार महासंघ केन्द्रीय कोषाध्यक्ष डिल्लीराम लामिछाने, ब्राम्हण समाज नेपालका केन्द्रीय कोषाध्यक्ष उपेन्द्र लम्साल, परोपकार महासंघ केन्द्रीय सदस्य गिरा कोईराला, सामाजिक व्यक्तित्व डा रघुनाथ न्यौपाने, परोपकार महासंघका सल्लाहकार डा लक्ष्मीकान्त चापागाइ, परोपकार महासंघ कास्की अध्यक्ष रेनु थापा, पराशर आश्रम संरक्षण समितिका उपाध्यक्ष उषा पौडेल क्षत्री, नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेश उपमहासचिव कृष्णचन्द पाण्डे, राष्ट्रिय परोपकार महासंघ पोखरा नगर समिति अध्यक्ष गीता लामिछाने, व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका अध्यक्ष प्रेमप्रकाश भट्टराई, जेष्ठ नागरिक आश्रम चापाघाटका अध्यक्ष विष्णु गौतम, संस्कृति अन्वेषक देविवहादुर वस्नेत, बेनिपाटन टोल विकास संस्थाका अध्यक्ष हेम पौडेल, महिला हरुको तर्फबाट प्रतिमा श्रेष्ठ लगायतले कार्यक्रममा भनाई राखेका थिए । सहसचिव भाग्यशाली ढुँगानाले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव सत्यप्रसाद खनालले गरेका थिए । महासंघ जिल्ला कार्य समिति तनहुँमा ४ सय २९ जना आजिवन सदस्य रहेका छन् ।

धेरै पढिएको