आज २०८१ जेठ २४ गतेको राशिफल
News Desk
Jun-06 , 2024 तारिख 06:09 बिहान

मेष - आरीऐष्

 

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

 

हडबडाहटले बाेलीकाे प्रभाव कमजाेर बन्न सक्छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। काममा श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरी ढाकछाेप गर्दा अरूले लाभ उठाउन सक्छन। वादविवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सोखले खर्च बढाउनेछ र काममा केही उल्झन आउन सक्छ।

 

वृष - टाऊरूष्

 

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

 

बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। स्वादिष्ट भोजन र मनोरञ्जनमा समय बित्नेछ। पहिलेको नतिजाले थप हौसला जगाउनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन। मिहिनेतको फल प्राप्त हुनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

 

मिथुन - गैमीणी

 

का, कि, कु, घ, ङ, छ, के, को, ह

 

खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन। सापटी दिने बानीले पनि समस्या निम्त्याउनेछ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ।

 

कर्कट - चाण्चैर्

 

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

 

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

 

सिंह - लैओ

 

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

 

लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साहित भइनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

 

कन्या - वीर्गो

 

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

 

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। मिहिनेत परे पनि सोचेको काम पूरा नहुन सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि दिलाउन सक्छ। सामाजिक काममा पछि परिनेछ। अवसरवादीहरूले मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन।

 

तुला - लीब्रा

 

र, रि, रु, रे, रो, ता, ति, तु, ते

 

सानातिना काम र घरेलु समस्यामा अलमलिनुपर्ने देखिन्छ। काम बिग्रने भयले सताए पनि समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। स्वास्थ्यका लागि विश्राम र आहारविहारमा ध्यान पुर्याउनुहोला।

 

वृश्चिक - ष्चोर्पीओ

 

तो, ना, नि, नु, ने, नो, या, यि, यु

 

आराम तथा मनोरञ्जनको समय छ। प्रियजनसँग दिन रमाइलो गरी बित्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा पनि फाइदै हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ।

 

धनु - षागीट्टारीऊष्

 

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

 

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। उद्याेग तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

 

मकर - चाप्रीचोर्ण्

 

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

 

परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा धेरै समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।

 

कुम्भ - आकूआरीऊष्

 

गु, गे, गो, सा, सि, सु, से, सो, द

 

परिवारमा असमझदारी देखिएला। साथीभाइले साथ नदिन सक्छन। अरूको फाइदाका लागि उपयोग भइएला। साझेदारीमा देखिने समस्याले सम्झौता भंग हुन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। तर बेसुरमा दीएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।

 

मीन - पीष्चैष्

 

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

 

नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

धेरै पढिएको