हुसैनको सम्झनामा मुहर्रम पर्व
News Desk
Jul-16 , 2024 तारिख 09:52 बेलुका

-सहबान अन्सारी

इस्लामिक क्यालेन्डर अनुसार मुहर्रम हिजरी संवतको पहिलो महिना हो । यो महिना पैगम्बर मुहम्मदको नाती इमाम हुसेन शहीदको सम्झनामा मनाइने गरिन्छ ।

इस्लाम धर्ममा विश्वास गर्नेहरुको यो एक प्रमुख चाड हो । यो महिना मुस्लिम धर्मवलम्बीहरुको लागि धेरै विशेषता र महत्व बोकेको छ । यस महिनामध्ये दस दिन इमाम हुसेनको शोकको रुपमा मनाइन्छ ।

सन ६० हिजरीमा तत्कालिन शासक याजीद इस्लाम धर्मको सम्राट बन्न चाहन्थे । जसको लागि उनले मानिसहरुमा डर फैलाउन थाले । उनले सबैलाई दास बनाउनको लागि यातना दिए ।

याजीद सम्पूर्ण अरब आफ्नो नियन्त्रणमा लिन चाहन्थे । तर आफ्नो तानाशाह, हजरत मुहम्मदको वारिस इमाम हुसेनको अगाडि र उनका भाइहरु घुँडा टेकेनन । लडाईँ शुरु भयो । मुहर्मको दशौँ दिन हुसेनसहित करिब ७२ जनाले साहदत प्राप्त गरेका थिए ।

साहस र बलिदानको सम्झना महसुस गर्नको लागि मुस्लिम धर्मावलम्बीहरुले ताजीया बनाई शहीदहरुलाई श्रद्धाञ्जलीको रुपमा मुहर्रमको ११ औँ दिन निकाल्ने गरिन्छ ।

धेरै पढिएको