रोटरी क्लब अफ ज्ञानेश्वरले प्रसुतीगृहका महिलाहरुसंग मनायो प्रसुति वर्ल्ड ब्रेस्ट फिडिङ दिवस
News Desk
Aug-07 , 2024 तारिख 08:20 बेलुका

काठ​माण्डौ । रोटरी क्लब अफ  ज्ञानेश्वरले प्रसुतीगृहका म​हिलाह​रु संग प्रसुति वर्ल्ड ब्रेस्ट फिडिङ दिवस म​नाएको छ​ । क्ल​ब​ले  काठमाडौंको थापाथलीस्थित प्रसुतीगृहका महिलाहरुसंग य​स​ दिव​स​ मनाएको हो । दिवसका अव​स​र​मा प्रसुतीगृहका ४० जना महिलाहरुलाई झोला र मातृत्व सुरक्षा सम्वन्धी सामाग्रीहरु पनि वितरण गरिएको छ । 

प्रजनन स्वास्थ्य सम्वन्धी अधिकारबारे सचेतना जगाउँदै वर्ल्ड ब्रेस्ट फिडिङ दिवस मनाईएको रोटरी क्लव ज्ञानेश्वरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

रोटरी क्लवकी संस्थापक अध्यक्ष रसुमिला श्रेष्ठले मातृत्व सुधार सम्वन्धी सामाग्री सहयोग गर्नुभयो । वर्ल्ड ब्रेस्ट फिडिङ दिवस  प्रसुतीगृहका आमाहरुसंग मनाउन पाउँदा खुसी लागेको  अध्यक्ष  रोटेरियन निलम योञ्जनले बताउनुभयो ।

धेरै पढिएको