आज २०८१ असोज २० गतेको राशिफल
News Desk
Oct-06 , 2024 तारिख 05:52 बिहान

मेष - आरिएस्

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

केही समस्या देखिए पनि यात्रा गर्ने साइत जुर्न सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायमा सामान्य आम्दानी भइरहनेछ। तर कामविशेषले धन खर्च गर्नुपर्ने परिस्थिति आउला। कामले वादविवाद समेत निम्त्याउन सक्छ। साँझतिर स्वास्थ्य कमजाेर रहनेछ र कामकाे चाप बढ्नेछ। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ।

वृष - टौरुस्

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आँट गर्दा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। रोकिएका काम बन्नाले मनज्ञ लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। शत्रुहरू पनि किनारा लाग्नेछन। साँझको समय रमाइलो रहनेछ। प्रियभेट हुनुका साथै अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

मिथुन - गेमिनि

का, कि, कु, घ, ङ, छ, के, को, ह

लगनशीलताले अध्ययनमा प्रगति हुनेछ र अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। तर कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। कमजाेर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन। प्रतिस्पर्धामा विजयी भइनेछ।

कर्कट - च​न्चेर्

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अरूको फाइदाका लागि उपयोग भइनेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन। हिस्सेदारसँग असमझदारी बढ्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।

सिंह - लेओ

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। मिहिनेत गर्दा पेसा–व्यवसायमा मनज्ञ धनलाभ हुनेछ। साँझतिर घरेलु समस्या देखापर्न सक्छ। तापनि साथीभाइकाे सहयाेगले समस्या सुल्झनेछ, प्रयत्न गर्नुहाेला।

कन्या - विर्गो

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। नसाेची चुनाैती अँगाल्ने बानीले काम राेकिन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्, सजग रहनुहोला। साँझतिर नयाँ कार्यतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनज्ञ धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन।

तुला - लिब्र​

र, रि, रु, रे, रो, ता, ति, तु, ते

आफन्त र साथीभाइकाे सम्पर्कबाट टाढा बस्न मन लाग्नेछ। आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन। केही अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने देखिन्छ। पहिलेका कमजोरी सुधार्न निकै प्रयत्न गर्नुपरैला। खानपानको असावधानीले स्वास्थ्य बिग्रन सक्छ। साँझतिर स्थितिमा सुधार आउनाले साेचेकाे काम सम्पादन हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ।

वृश्चिक - ष्चोर्पिओ

तो, ना, नि, नु, ने, नो, या, यि, यु

खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। आवश्यक पर्दा शुभचिन्तक र सहयोग गर्नेहरू भेटिनेछन। विदेश तक्नेहरूलाई यात्राकाे साइत जुर्न सक्छ। साँझतिर पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउन सकिनेछ। टाढाका आफन्तसँग सम्पर्क हुनेछ।

धनु - ष​गित्त​रिउस्

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। केही राम्रै अवसर प्राप्त हुनेछन। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। सानाेतिनाे यात्रा सम्भावना छ।

मकर - च​प्रिचोर्न्

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन। पुरानो समस्या सुल्झानाले नयाँ अवसर प्राप्त हुनेछ। उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।

कुम्भ - आकुअरिउस्

गु, गे, गो, सा, सि, सु, से, सो, द

बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। साँझदेखि स्थितिमा सुधार आउनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउनेछ।

मीन - पिस्चेस्

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। साँझतिर उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाज्ञ्ले विभिन्न अवसर जुटाउनेछ।

धेरै पढिएको