आज २०८१ कार्तिक ६ गतेको राशिफल
News Desk
Oct-22 , 2024 तारिख 06:12 बिहान

मेष - आरिएस्

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनज्ञ धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

वृष - टौरुस्

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन। आलोचकहरूबाट पनि केही सजग रहनुपर्ला। मौकामा प्रयत्न गर्दा काम बन्नेछ। सोखले खर्च बढाए पनि मालमत्ता जोड्ने समय छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ। तर खर्च बढ्नेछ। आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।

मिथुन - गेमिनि

का, कि, कु, घ, ङ, छ, के, को, ह

विशेष अवसर अथवा रमाइलो परिस्थितिका बीच पनि सानो चिन्ताले पिरोल्न सक्छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ तर स्वास्थ्यका लागि सजग रहनुहोला। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि कामले प्रतिष्ठा दिलाउनेछ। अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक क्षमताले प्रशंसा पाउनेछ। मिहिनेत गरेर जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

कर्कट - च​न्चेर्

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। अर्थअभावले विशेष काम रोकिन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तर अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापटमा गएको रकम तत्काल फिर्ता नहुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउलान। टाढाका साथीभाइ नजिकिनेछन।

सिंह - लेओ

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ भने सम्पादित कामको मूल्यांकनले जिम्मेवारी समेत दिलाउनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन। थन्किएका वस्तुको उपयोग हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन। पुरानो समस्या दाेहिरिनाले केही रकम खर्च हुन सक्छ। व्यापारमा आंशिक फाइदा उठाउन सकिनेछ।

कन्या - विर्गो

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाज्ञ प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउन सक्छ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। कामकाे सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्ने समय छ।

तुला - लिब्र​

र, रि, रु, रे, रो, ता, ति, तु, ते

नसोचेको अवसरले नयाँ जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ। शुभचिन्तकहरूले साथ दिनेछन। चुनौतीहरू स्वतः हट्नेछन भने कर्मयोग र आम्दानीले पछ्याउनेछन। धेरैले कामको तारिफ गर्नेछन। सामाजिक नेतृत्व अथवा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ। मान-प्रतिष्ठा कमाउने बेला छ।

वृश्चिक - ष्चोर्पिओ

तो, ना, नि, नु, ने, नो, या, यि, यु

सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। काम राेकिनाले आयस्राेत समेत कमजाेर बन्न सक्छ।

धनु - ष​गित्त​रिउस्

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

माहोल रमाइलो रहनेछ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला।

मकर - च​प्रिचोर्न्

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

कुम्भ - आकुअरिउस्

गु, गे, गो, सा, सि, सु, से, सो, द

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा भने जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।

मीन - पिस्चेस्

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन।

धेरै पढिएको