भक्तपुरका नेवार समुदायले आज १७ गते भाइटीका पर्व मनाउने
News Desk
Nov-02 , 2024 तारिख 01:00 बेलुका

भक्तपुरका नेवार समुदायले आज १७ गते भाइटीका पर्व मनाउने छन। भक्तपुर नगरपालकाले नगरवासीलाई १६ ग​ते साँझ सवा पाँच बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न भनेको,  त्यसैगरी कात्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात किजा पूजा मनाउने निर्णय नगरपालिकाले गरेको छ। 

नगरपालिकाको निर्णयअनुसार भक्तपुर नगरक्षेत्रका नेवार समुदायले आज भाइटीका गर्न लागेका हुन। 

नगरपालिकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाले भने कात्तिक १७ गते मनाउने निर्णय गर्दै नगरवासीलाई यस्तो आह्वान गरेको हो।

धेरै पढिएको