“अतिरुद्र विश्वकल्याण विराट महायज्ञ २०८१” आजबाट शुरु हुदै
News Desk
Nov-06 , 2024 तारिख 08:25 बिहान

काठमाडौं, कार्तिक २१ – महर्षि महेश योगी नेपाल भ्रमणको स्वर्ण महोत्सवका अवसरमा आयोजना हुने “अतिरुद्र विश्वकल्याण विराट महायज्ञ २०८१” आजबाट​ शुरु हुदै छ​ । आज​​ कार्तिक २१ देखी २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा म​हाय​ज्ञ​ हुनेछ​ । म​हाय​ज्ञ​ महर्षि वेदिक फाउन्डेशन नेपालको आयोजनामा भ​एको हो ।


 फाउन्डेशनका अध्यक्ष दीपक प्रकाश बाँस्कोटाले जानकारी दिँदै, महायज्ञमा करिब ५० देशका सहभागिहरूको उपस्थिति रहने बताए। यो महायज्ञ ५० वर्षअघि महर्षि महेश योगीले नेपाललाई “विश्वको नेतृत्वकर्ता” बनाउने प्रतिबद्धता टुँडिखेलमा गरेको उद्घोषको स्मरणमा आयोजना गर्न लागिएको हो। महायज्ञको उद्देश्य विश्वशान्ति, कल्याण, र आध्यात्मिक समृद्धिको सन्देश फैलाउनु रहेको फाउन्डेशनले जनाएको छ।

यस महायज्ञमा विविध धार्मिक अनुष्ठान र वेदपाठहरूको माध्यमबाट विश्वकल्याणका लागि प्राथर्ना गरिनेछ, जसमा विशेष रीतिरिवाज, वैदिक मंत्रोच्चारण र पूजापाठ हुनेछन।

धेरै पढिएको