मिथिलाञ्चल क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै
News Desk
Nov-10 , 2024 तारिख 06:24 बिहान

मिथिलाञ्चल क्षेत्रमा आइतबार अक्षय नवमी पर्व मनाइँदैछ। कार्तिक शुक्ल नवमी तिथिमा मनाइने यो पर्वलाई धातृ नवमी र इच्छा नवमीसमेत भनिन्छ। कुभिण्डो दान गर्ने दिन भएकाले यो दिनलाई कुष्माण्ड नवमी पनि भनिन्छ।

यो पर्वमा कार्तिक शुक्ल नवमीका दिन अमलाको रुखको फेदमा खाना खाने परम्परा छ। घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ।

पर्वमा अमलाका अचार, मुरब्बा र चटनीसहित साकाहारी खानेकुरा मात्र पकाउने र खाने चलन छ। अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश यो पर्वले दिने बताइन्छ।

धेरै पढिएको