रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन मनाईयो फूलबारी लीला
News Desk
Dec-02 , 2024 तारिख 09:16 बेलुका

रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइएको छ।

सात दिवसीय सो महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने दोस्रो दिन फूलबारी लीला मनाइएको हो। 

भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा रहेका बालकलाई जानकी मन्दिर छेउमै रहेको विवाहमण्डपको फूलबारीमा सीताको प्रतिकको रुपमा रहेकी बालिकासँग भेट गराई फूलबारी लिला मनाइन्छ। 

त्रेता युगमा राम र लक्ष्मण जनकपुर आएका बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँगै फूल टिप्न गएकी सीतासँग पहिलोपटक भेट भएको वाल्मिकी रामायणमा उल्लेख छ।

त्यसकै स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवअन्तर्गत फूलबारी लिला गरिन्छ।