News Desk
मेष (Aries) –
लक्ष्यमा पुग्न केही कठिनाइहरू सामना गर्नुपर्नेछ। गोप्य सूचना बाहिरिनाले समस्यामा पर्न सक्ने सम्भावना छ, त्यसैले गम्भीर र सतर्क बन्नुहोला। स्वास्थ्य सुधारका लागि व्यायाम र खानपानमा ध्यान दिनु आवश्यक छ। कामको चाप बढ्न सक्छ, जसले गर्दा नतिजा अपेक्षाअनुसार नआउन सक्छ। समयको व्यवस्थापन नमिल्दा योजना अधुरो रहने सम्भावना छ। तर, समस्या देखाउँदा सहयात्रीहरूको साथ प्राप्त हुनेछ।
वृष (Taurus) –
आर्थिक लाभको अवसर मिल्नेछ र वातावरण रमाइलो रहनेछ। आकर्षक पहिरनले व्यक्तित्वमा चमक ल्याउनेछ। प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ। उपहार तथा सम्मानले मनोबल बढाउनेछ। पारिवारिक सहयोगले नयाँ कामतर्फ प्रेरित गराउनेछ। दाम्पत्य जीवनमा सुमधुरता आउनेछ। आयको स्रोत बढ्नेछ भने भौतिक साधनहरूको प्राप्ति हुने सम्भावना छ।
मिथुन (Gemini) –
स्वास्थ्य सबल रहनुका साथै काममा उत्साह बढ्नेछ। मेहनतले सफलता प्राप्त गर्दै समाजमा आफ्नो पहिचान बनाउन सकिनेछ। शत्रुहरू पराजित हुनेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। आर्थिक योजनाहरू सफलतापूर्वक कार्यान्वयन हुनेछन्। भौतिक साधन जुट्नेछन, जसले दीगो कामको थालनी गर्न मद्दत पुर्याउनेछ। छोटो समयमा विशेष उपलब्धिहरू हासिल हुनेछन्।
कर्कट (Cancer) –
परिस्थितिका कारण महत्त्वपूर्ण कामहरू अवरुद्ध हुन सक्छन्। समय तालिका नमिल्दा योजना अधुरै रहने सम्भावना छ। हल्लाहरूको पछि लाग्दा अनावश्यक तनावको सामना गर्नुपर्नेछ। आफ्नै कामबाट अरूले फाइदा उठाउने प्रयास गर्न सक्छन्। स्वास्थ्यमा कमजोरी देखिन सक्छ। अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने अरूका लागि समय र श्रम खर्चनुपर्ला। गुरुजन तथा सन्तानको सहयोग लाभदायी हुनेछ।
सिंह (Leo) –
कामको प्राथमिकतामा ध्यान नपुग्दा पछि परिने सम्भावना छ। निर्णायक मोडमा दोधारको स्थिति सिर्जना हुन सक्छ, त्यसैले अनुभवीको सल्लाह लिनु उचित हुनेछ। अनावश्यक वचन दिनाले समस्या निम्तिन सक्छ। केही अवसरवादीहरूले तपाईंको साइनोलाई आफ्नो फाइदाका लागि प्रयोग गर्न खोज्न सक्छन्। महत्त्वाकांक्षी योजना गोप्य राख्नु राम्रो हुनेछ। नियमित काम सम्पन्न भए पनि नयाँ योजनामा हतार नगर्नुहोस्।
कन्या (Virgo) –
प्रयत्न गर्दा विश्वास नलागेको काम पनि पूरा गर्न सकिनेछ। थोरै समयमा राम्रो उपलब्धि हासिल हुनेछ। स्रोत-साधन जुट्नेछन र मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ। आर्थिक लाभ बढ्नेछ, जसले दैनिक जीवनमा सुधार ल्याउनेछ। रोकिएका कामहरू बन्नेछन् र नयाँ योजनाहरू सफलतापूर्वक थालनी गर्न सकिनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पराजित गर्न सकिनेछ।
तुला (Libra) –
अरूको मुख ताक्ने बानीले काम अधुरो रहने सम्भावना छ। कमजोरीमा टिप्पणी हुने समय भएकाले बोलीचालीमा विशेष सावधानी अपनाउनुहोस्। अवसर प्राप्त भए पनि समयमा काम सम्पन्न गर्न नसक्दा पछि परिने सम्भावना छ। व्यवसाय र अध्ययनमा समय दिन गाह्रो पर्न सक्छ। नयाँ काम थाल्नुअघि शुभचिन्तकहरूको सुझाव लिनु उपयुक्त हुनेछ। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोस्।
वृश्चिक (Scorpio) –
समय फुर्सदिलो रहनेछ र रचनात्मक कामहरू गर्न सकिनेछ। पारिवारिक जमघटमा रमाइलो हुनेछ। स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ। आफन्तहरूको साथले उत्साह बढाउनेछ। व्यापार तथा पेसाबाट राम्रो लाभ हुनेछ। आफन्तहरूसँग सम्बन्ध सुधार्न व्यवहारमा ध्यान पुर्याउनुहोस्। सामाजिक कामहरूमा संलग्न हुँदा खर्च बढ्ने सम्भावना छ।
धनु (Sagittarius) –
काम सम्पन्न गर्न खर्च र दौडधुप गर्नुपर्ने हुन सक्छ। अनावश्यक किनमेल तथा सामान जोहो गर्दा खर्च बढ्नेछ। पेसा–व्यवसायमा आम्दानी घट्न सक्छ। उधारो व्यापार गर्नु पर्ने स्थिति आउन सक्छ। आफन्तबाट टाढा रहने परिस्थिति सिर्जना हुन सक्छ। यात्राका लागि प्रयास गर्दा उपयुक्त समय मिल्नेछ। हालका प्रयासहरू भविष्यमा फाइदाजनक बन्न सक्छन्।
मकर (Capricorn) –
मिहिनेतले राम्रो नतिजा दिनेछ। प्रतीक्षित सफलता प्राप्त हुँदा आत्मविश्वास बढ्नेछ। थोरै लगानीबाट पनि राम्रो नाफा उठाउन सकिनेछ। नयाँ भौतिक साधनहरू प्राप्त हुनेछन्। दीगो फाइदा हुने कामको थालनी गर्न सकिनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। अघिल्लो सफलताले नयाँ अवसरहरू सिर्जना गर्नेछ। नाम, दाम, र प्रतिष्ठा आर्जन गर्न सकिनेछ।
कुम्भ (Aquarius) –
पुराना कामहरूको चर्चा हुनेछन् र नयाँ अवसरहरू प्राप्त हुनेछन्। विशेष भेटघाटहरूले आत्मबल बढाउनेछ। आफ्नै क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। उल्लेखनीय काम गर्ने समय छ। साथीभाइको साथले उत्साह बढाउनेछ। मेहनतले सम्मान र इनाम दिलाउने सम्भावना छ। सामाजिक जिम्मेवारीहरू बढ्नेछन्। भूमि, वाहन, र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।
मीन (Pisces) –
जिम्मेवारीहरू बढ्नेछन्, तर उपलब्धिहरूका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। शरीरमा कमजोरी महसुस हुन सक्छ। लगनशील भए पनि काममा ढिलाइ हुन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। पुराना समस्याहरू दोहोरिनाले अलमल बढ्न सक्छ। समस्या साझा गर्दा सहयोगीहरूबाट साथ पाइनेछ। आशाजनक कामहरू रोकिन सक्ने सम्भावना भएकाले धैर्य गर्न आवश्यक छ।