आज २०८१ पौष २९ गतेको राशिफल
News Desk
Jan-13 , 2025 तारिख 06:41 बिहान

मेष - आरिएस्

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कर्मयोगले नयाँ मोड लिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन भने प्रतिस्पर्धीहरू पछि हट्नेछन। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। पुरुषार्थले काममा सफलता दिलाउनेछ। नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ।

वृष - टौरुस्

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ।

मिथुन - गेमिनि

का, कि, कु, घ, ङ, छ, के, को, ह

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुने सम्भावना छ, हौसला जाग्नेछ।

कर्कट - च​न्चेर्

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। अर्थअभावले काम पूर्ण नहुन सक्छ। कमजाेरी सच्याउन काम दोहोर्याउनुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन भने सहयोग गर्नेहरू कमै भेटिनेछन। साथीभाइको सहयोगले यात्रा हुनेछ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।

सिंह - लेओ

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ।

कन्या - विर्गो

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोज्ञ काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने सम्भावना छ।

तुला - लिब्र​

र, रि, रु, रे, रो, ता, ति, तु, ते

तत्काल कम उपलब्धि भए पनि अवसर खोज्ने समय छ। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत सजिलै बन्न सक्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। पहिलेका समस्या सुल्झाउन सफल भइनेछ। तारिफयोज्ञ काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। दिगो योजना बन्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

वृश्चिक - ष्चोर्पिओ

तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा कष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा आफ्नो काम रोकिन सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। कमजाेर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने हुन सक्छ। लगनशीलताले लाभ उठाउन सकिनेछ।

धनु - ष​गित्त​रिउस्

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। साथीभाइको सहयोगले काममा उत्साह मिल्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ।

मकर - च​प्रिचोर्न्

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ। पेसा–व्यवसायमा मनज्ञ लाभ उठाउन सकिनेछ।

कुम्भ - आकुअरिउस्

गु, गे, गो, सा, सि, सु, से, सो, द

राेकिएकाे काम सम्पादन हुनेछ र नयाँ काम गर्ने अवसर समेत जुट्नेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन। प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। सानाे प्रयत्नले लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

मीन - पिस्चेस्

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रक्रिया नमिल्नाले केही काम दोहोर्याउनुपर्ला। हिस्सेदारसँग असमझदारी बढ्ने सम्भावना छ। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। कृषि र पशुधनबाट मनज्ञ लाभ उठाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। पेसा–व्यवसायमा पनि फाइदा उठाउने समय छ। नयाँ काम गर्ने अवसर समेत जुट्नेछ।

धेरै पढिएको