आज २०८१ माघ १ गतेको राशिफल
News Desk
Jan-14 , 2025 तारिख 07:14 बिहान

मेष (Aries):
आजको दिन आर्थिक फाइदाको संकेत छ। तर, व्यावसायिक काममा चुनौती आउन सक्छ। परिवारको सहयोगले काम गर्न सहज हुनेछ। अड्किएका काम पुनः प्रयास गर्दा सफल हुने सम्भावना छ। साझेदार र आफन्तबाट सकारात्मक समर्थन पाइनेछ। तर, महत्त्वाकांक्षी योजना अहिले नै सार्वजनिक नगर्नु बुद्धिमानी हुनेछ।

वृष (Taurus):
कर्मयोगले लोकप्रियता र सम्मान दिलाउनेछ। विशेष उपहार प्राप्त गर्ने दिन हुन सक्छ। तर, पहिलाका साथीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्। व्यावसायिक लाभ हुने भए पनि साझेदारीमा नाफा बाँडिन सक्छ। उद्योग र व्यापारमा फाइदा मिल्नेछ। मिहिनेतले तपाईँलाई समाजमा स्थापित बनाउनेछ।

मिथुन (Gemini):
तपाईँका कार्य प्रशंसनीय हुनेछन्। लोकप्रियता बढ्दै जानेछ। आम्दानीका नयाँ स्रोत पहिचान हुनेछन्। नयाँ काम प्रारम्भ गर्ने अनुकूल समय छ। बोलीको प्रभावले काममा फाइदा हुनेछ। धन र ज्ञान दुवैको वृद्धि हुनेछ। नयाँ सम्झौताले दिगो लाभ दिनेछ।

कर्कट (Cancer):
आजको दिन रमाइलो र लाभदायक बन्नेछ। आफन्त र मित्रहरूको साथमा रमाइलो समय बित्नेछ। कामकाे सफलताले थप उत्साह बढाउनेछ। नयाँ प्रस्तावहरू आउनेछन्। पहिलाका गल्ती सच्याएर लाभ उठाउन सकिनेछ। राम्रो पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ।

सिंह (Leo):
दिगो योजनाका लागि खर्च गर्नुपर्ने समय छ। विलासी जीवनशैलीले खर्च बढाउन सक्छ। टाढाका साथीभाइसँग सम्बन्ध सुधार हुनेछ। लामो दूरीको यात्रा हुने सम्भावना छ। नयाँ अवसर पाउन केही त्याग गर्नुपर्नेछ। भविष्यका लागि लगानी गर्ने अनुकूल समय हो।

कन्या (Virgo):
आर्थिक लाभको दिन। आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापार र व्यवसायमा प्रगति हुनेछ। मिहिनेत गर्दा लक्ष्य पूरा गर्न सकिनेछ। आम्दानीका नयाँ स्रोत पत्ता लाग्नेछन्। जिम्मेवारी बढ्ने समय छ, तर यसले तपाईँलाई दिगो फाइदा दिलाउनेछ।

तुला (Libra):
नयाँ काम सुरू गर्न उपयुक्त समय हो। पदासीन व्यक्तिहरूसँग सम्बन्ध सुधार हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। व्यापारमा थोरै लगानीले पनि राम्रो फाइदा दिनेछ। रोकिएका कामलाई फेरि प्रयास गर्दा सकारात्मक नतिजा आउन सक्छ।

वृश्चिक (Scorpio):
व्यावसायिक कार्यमा प्रगति हुनेछ। लोकप्रियता हासिल गर्न सकिनेछ। नयाँ अवसरहरूको खोजीमा सफलता मिल्नेछ। मिहिनेतले ठूलो फाइदा दिलाउनेछ। दिगो लाभ हुने काममा लगानी गर्न सकिने समय छ।

धनु (Sagittarius):
स्वास्थ्य कमजोर भए पनि काम गर्नुपर्ने अवस्था आउन सक्छ। व्यापारमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुने सम्भावना छ। खर्च नियन्त्रण गर्न नसकिएला। आहारविहारमा ध्यान दिनुहोला। नतिजा राम्रो बनाउन काममा दोहोर्याएर प्रयास गर्नु आवश्यक छ।

मकर (Capricorn):
आफन्तसँगको भेटघाट रमाइलो बन्नेछ। उपहारले उत्साह बढाउनेछ। नयाँ अनुभव र सम्बन्धले जीवनलाई ऊर्जा दिनेछ। तर, खर्च धेरै हुने सम्भावना छ। विलासितामा धन खर्च गर्नुपर्ने परिस्थिति आउन सक्छ।

कुम्भ (Aquarius):
चुनौतिका बाबजुद लक्ष्य प्राप्त गर्न सकिनेछ। प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। मिहिनेतले उत्कृष्ट नतिजा दिनेछ। प्रतिस्पर्धामा विजयी हुने सम्भावना छ। दिगो लाभ हुने काममा ध्यान दिनुहोला।

मीन (Pisces):
पढाइमा लगाव बढ्नेछ। बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। पुरस्कार र प्रशंसा प्राप्त गर्न सकिने दिन हो। व्यापार र कृषि क्षेत्रमा फाइदा हुनेछ। सन्तान वा अनुयायीको साथले थप ऊर्जा दिनेछ।

धेरै पढिएको