News Desk
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आजको दिन तपाईंका लागि निकै उपलब्धिमूलक रहनेछ। निरन्तरको मिहिनेतले तपाईंलाई प्रतिष्ठा, धन, र अवसर प्रदान गर्नेछ। लक्ष्य निर्धारण गरेमा सजिलै सफलताको शिखर चुम्न सक्नुहुन्छ। दैनिक जीवनमा पनि राम्रो लाभ मिल्नेछ। कम लगानीबाटै ठूलो नाफा आर्जन गर्ने अवसर प्राप्त हुनेछ। मेहनतको प्रतिफलका रूपमा आयका स्रोतहरू वृद्धि हुनेछन्। व्यवसाय तथा साझेदारीमा फाइदा हुने सम्भावना छ। सामाजिक क्षेत्रमा तपाईंको प्रभाव झन् बढ्नेछ। यदि निरन्तर प्रयास गर्नुभयो भने, अपेक्षाभन्दा राम्रो नतिजा प्राप्त गर्न सक्नुहुन्छ।
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
तपाईंका लागि आजको दिन निकै फलदायी बन्नेछ। आफ्नो लक्ष्य प्राप्त गर्न विशेष अवसरहरू आउँनेछन्। स्थायीत्व दिने कामहरूमा लगानी गर्ने मौका मिल्नेछ। मेहनतले सम्मान, धन, र सफलता दिलाउनेछ। पेशागत जीवनमा प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध विस्तार गर्न सकिनेछ। नोकरी तथा व्यवसायमा सफलता मिल्नेछ। रुचिका क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुनेछ। यदि नयाँ योजना बनाउनु भएको छ भने, त्यसलाई कार्यान्वयन गर्न उपयुक्त समय हो।
का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य सम्बन्धी केही चुनौतीका कारण काममा अवरोध आउन सक्छ, तर परिस्थिति सुधार हुँदै जानेछ। मेहनत गर्दा राम्रो परिणाम पाइनेछ, यद्यपि आफ्नो कमजोरी अरूले फाइदा उठाउने प्रयास गर्न सक्छन्, त्यसैले सचेत रहनुहोस्। जिम्मेवारी बढ्नेछ, तर उपलब्धि हात पार्न केही समय प्रतीक्षा गर्नु पर्ने हुन सक्छ। सेवामूलक कार्यमा संलग्न हुँदा प्रतिष्ठा बढ्नेछ। लक्ष्य प्राप्त गर्न धैर्य गर्नुपर्ने दिन छ। प्रयत्न दोहोर्याएमा मात्र सफलता मिल्नेछ।
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज अपेक्षित सफलता प्राप्त गर्नका लागि अतिरिक्त प्रयास गर्नुपर्नेछ। अवसरहरू पाइने भए पनि काममा केही कठिनाइ आउन सक्छन्। सहयोग प्राप्त गर्न कठिन हुनेछ, तर विगतका सफलताहरूले तपाईँलाई प्रेरित गर्नेछन्। केही नयाँ जिम्मेवारी हात लाग्न सक्छ। समयमै समस्या पहिचान गर्न सकेमा समाधान निकाल्न सकिनेछ। पहिलेका असफलताबाट पाठ सिकेर अघि बढ्दा राम्रो उपलब्धि मिल्नेछ।
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आजको दिन निकै सकारात्मक रहनेछ। राम्रो कर्मको प्रतिफलस्वरूप मन प्रशन्न हुनेछ। विभिन्न उपहार र सहयोग प्राप्त गर्न सक्नुहुन्छ। आत्मीय साथी भेटिने सम्भावना छ, जसले तपाईंलाई भावनात्मक रूपमा बलियो बनाउनेछ। पारिवारिक साथ सहयोगले नयाँ आशा जगाउनेछ। कार्यव्यस्तता कम हुने हुँदा मनोरञ्जन र विश्रामको समय निकाल्न सक्नुहुन्छ। सामाजिक जमघट तथा भौतिक सुविधामा आकर्षण बढ्नेछ, जसले गर्दा खर्च बढ्ने संकेत छ।
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मेहनतीहरूका लागि आजको दिन अत्यन्त उत्साहजनक रहनेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। प्रतिस्पर्धात्मक कार्यहरूमा सफलता हात लाग्नेछ। तपाईंको परिश्रमको सही मूल्याङ्कन हुनेछ, जसले गर्दा समाजमा प्रतिष्ठा बढ्नेछ। विरोध गर्नेहरू पराजित हुनेछन्। शत्रु तथा रोगमाथि विजय प्राप्त हुनेछ। आत्मविश्वास र पराक्रमले अधिकार स्थापित गर्न मद्दत गर्नेछ। व्यापार तथा आर्थिक दृष्टिकोणले लाभदायक अवसरहरू आउन सक्छन्।
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तपाईंको लागि सामान्य दिन रहनेछ। स्वास्थ्य सम्बन्धी केही समस्या आउन सक्छ, जसले कार्यक्षमतामा असर पुर्याउनेछ। पारिवारिक जिम्मेवारीले अल्मल्याउन सक्छ। नयाँ कार्य थालनीका लागि अनुकूल समय होइन। अध्ययन तथा अनुसन्धानका क्षेत्रमा समय दिन कठिन हुनेछ। तर, परिश्रम गरेमा सफलता मिल्नेछ। गुरुजन तथा अनुभवी व्यक्तिहरूको मार्गदर्शनले सही निर्णय लिन मद्दत गर्नेछ। सन्तान वा अनुयायीको सुझाव अनुसार काम गर्दा लाभ प्राप्त हुन सक्छ।
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज हतारमा कुनै निर्णय लिने बानीले समस्यामा पार्न सक्छ, त्यसैले विचारपूर्वक अघि बढ्नुहोस्। क्षणिक फाइदाको पछि लाग्दा दीर्घकालीन घाटा हुन सक्छ। कार्यक्षेत्रमा केही समस्या आउन सक्छ। योजनाहरू गोप्य राख्नाले फाइदा मिल्नेछ। साथीभाइ टाढिन सक्छन्, जसका कारण महत्वपूर्ण कार्यहरू प्रभावित हुन सक्छन्। साझेदारीमा सामान्य समस्या देखापर्न सक्छ, जसले पहिलेका सम्झौताहरूमा असर पुर्याउन सक्छ।
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आजको दिन तपाईंको लागि फलदायी रहनेछ। हिम्मत र दृढ इच्छाशक्तिले सफलता दिलाउनेछ। जीवनशैलीमा सुधार आउनेछ। छोटो समयमै उल्लेखनीय उपलब्धि हात पर्नेछ। परिश्रम गर्दा राम्रो प्रतिफल प्राप्त हुनेछ। रोकिएका कामहरू अघि बढ्नेछन्। नयाँ व्यवसाय वा उद्योग प्रारम्भ गर्ने राम्रो अवसर प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पराजित गर्न सक्नुहुन्छ।
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
तपाईंलाई अरूको भलाइका लागि धन तथा समय खर्च गर्नुपर्ने हुन सक्छ। समयको सही व्यवस्थापन गर्न नसक्दा केही अवसरहरू गुम्ने सम्भावना छ। इर्ष्यालु मानिसहरूका कारण केही तनाव अनुभव गर्नुपर्ला। पहिलेकै काम दोहोर्याउनुपर्ने परिस्थिति आउन सक्छ। नियम नअपनाउँदा अप्ठ्यारो पर्न सक्छ। पूर्वका गल्तीहरू सुधार गर्ने अवसर प्राप्त हुनेछ। आर्थिक रूपमा केही असहजता अनुभव गर्न सक्नुहुन्छ, जसका लागि ऋण लिनुपर्ने हुन सक्छ।
गु, गे, गो, सा, सि, सु, से, सो, द
आज रमाइलो जमघटमा सहभागी हुने अवसर प्राप्त हुनेछ। प्रियजनहरूसँग समय बिताउन पाइनेछ। तर, अवसर आए पनि कार्यक्षेत्रमा ढिलाइ हुन सक्छ। मानसिक दुविधा बढ्न सक्छ, जसका कारण निर्णय क्षमतामा असर पर्नेछ। आश्वासन दिनेहरूबाट धोका हुन सक्ने भएकाले सतर्क रहनुहोस्। स्वास्थ्यप्रति ध्यान पुर्याउनुहोस, विशेष गरी खानपानमा सतर्कता अपनाउनुहोस। परिवारका सदस्यहरूसँग बिताएको समयले मानसिक सन्तुलन सुधार्न मद्दत गर्नेछ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आजको दिन आर्थिक रूपमा केही चुनौतीपूर्ण रहन सक्छ। खर्चको व्यवस्थापन गर्न दौडधुप गर्नुपर्ने हुन सक्छ। अवसरको खोजीमा परिवारबाट टाढिनुपर्ने अवस्था आउन सक्छ। छरछिमेकमा असमझदारी बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने संकेत छ। कतिपय वस्तुहरू त्याग्नुपर्ने हुन सक्छ। व्यापारमा उधारोको सम्भावना रहेको छ। खर्च भए पनि दिगो फाइदा हुने अवसर मिल्नेछ। कठिनाइलाई पार गर्दै रोकिएको काम सम्पन्न गर्न सकिनेछ।