स्व. हेमराज न्यौपानेको पुण्य स्मृतिमा सरस्वती मन्दिर निर्माण सम्पन्न, उद्घाटन तथा पूजाआजा सम्पन्न
News Desk
Feb-03 , 2025 तारिख 04:16 बेलुका

व्यास नगरपालिका–६, मादिवेसीमा पूर्व प्रधानपञ्च स्व. हेमराज न्यौपानेको पुण्य स्मृतिमा सरस्वती मन्दिर निर्माण सम्पन्न भएको छ। श्री माहेन्द्री आधारभूत विद्यालयको प्राङ्गणमा स्व. न्यौपानेकी धर्मपत्नी श्रीमती बेन्दुका देवी न्यौपानेद्वारा निर्मित उक्त मन्दिर करिब २ लाख ५० हजारको लागतमा निर्माण सम्पन्न भएको हो।

आज २०८१ साल माघ २१ गते विद्याकी देवी सरस्वतीको पूजाका अवसरमा ज्येष्ठ सुपुत्र उत्तमराज न्यौपानेले मन्दिरको उद्घाटन गरेका छन। उद्घाटन समारोहमा विद्यालय परिवार, स्थानिय बासिन्दा तथा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो।

मन्दिरको शिलालेखमा स्व. न्यौपानेका सुपुत्रहरू विजयराज न्यौपाने, विश्वराज न्यौपाने, ब्रतराज न्यौपाने तथा सुपुत्री विमला न्यौपाने (घिमिरे) का नामहरू उल्लेख गरिएका छन।

यस धार्मिक कार्य​ले विद्यालय र स्थानीय समुदायलाई सांस्कृतिक रूपमा समृद्ध बनाउने विश्वास गरिएको  स्व​. न्यौपानेका प​रिवार​ज​न​को भ​नाई  छ।

धेरै पढिएको