आज २०८१ माघ २२ गतेको राशिफल
News Desk
Feb-04 , 2025 तारिख 05:43 बिहान

मेष - एरिस

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

रमाइलो जमघटमा सहभागी भई स्वादिष्ट परिकारको आनन्द लिन पाइनेछ। अघिल्लो सफलता प्रेरणादायी बन्नेछ। नयाँ अवसरहरूको ढोका खुल्नेछ भने सहकार्यका लागि हातेमालो गर्नेहरू प्रशस्तै भेटिनेछन्। लामो समयपछि परिवारका सदस्यहरूसँग पुनर्मिलन हुनेछ। अघिल्ला कमजोरीहरू नदोहोर्याउन सतर्क रहनुपर्छ। आकर्षक पहिरनले व्यक्तित्वलाई थप निखार्नेछ। मनोरञ्जन तथा पाहुनाको सत्कारमा खर्च बढ्ने सम्भावना छ।

वृष - टौरस

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अवसरहरू खोज्दै दौडधुप गर्नुपर्ने दिन रहनेछ। अरूको कार्यमा संलग्न हुँदा आफ्ना काम प्रभावित हुन सक्छन्। आवश्यक परे ऋण वा सरसापटबाट धनको जोहो गर्न सकिनेछ। लामो दूरीको यात्रा गर्ने अवसर मिल्नेछ। आफ्ना नजिकका व्यक्तिहरूबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। खर्च बढे पनि प्रतिष्ठा वृद्धि हुनेछ। यात्राका योजना अगाडि बढ्नेछन्। लगानीमा केही बढोत्तरी भए पनि प्रतिफलले उत्साहित बनाउनेछ।

मिथुन - जेमिनाइ

का, कि, कु, घ, ङ, छ, के, को, ह

परिश्रमले आम्दानी बढ्नेछ। सानो प्रयासले महत्वपूर्ण उपलब्धि दिलाउनेछ। श्रमको उचित मूल्यांकन हुनुका साथै स्थायी लाभ हुने काम पाउने सम्भावना छ। आम्दानीका स्रोतहरू विस्तार हुनेछन् भने हात पार्नुपर्ने रकम सहजै प्राप्त हुनेछ। कृषि, पशुपालन तथा व्यापारबाट राम्रै लाभ हुने देखिन्छ। सञ्चित रकम प्रयोग गर्दा समेत फाइदा हुनेछ। भविष्यका लागि सामान्य लगानी गर्ने अवसर मिल्नेछ।

कर्कट - क्यान्सर

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विशेष भेटघाटले कार्यक्षेत्रमा आत्मविश्वास बढाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। नयाँ उपलब्धि हासिल गर्ने अवसर मिल्नेछ। साथीभाइको सहयोगले मनोबल उच्च रहनेछ। प्रभावशाली संवादद्वारा महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ। परिश्रमले सम्मान, धन तथा पुरस्कार प्राप्त गर्ने सम्भावना छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, सवारीसाधन वा पैत्रिक सम्पत्तिबाट लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ।

सिंह - लियो

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामाजिक उत्तरदायित्व पूरा गर्दै फाइदा हुने कार्य तथा जिम्मेवारी हात पार्न सकिनेछ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रोकिएका कार्यहरू सम्पन्न हुनेछन्। टाढिएका साथीभाइ पुनः नजिकिनेछन्, जसले मन प्रसन्न बनाउनेछ। उपलब्धिका नयाँ स्रोत पहिल्याउन सकिनेछ। अरूको कार्यमा समय दिनुपरे पनि लाभ आफैंलाई हुनेछ। आध्यात्मिक मनोवृत्तिले समाजसेवातर्फ प्रेरित गर्नेछ।

कन्या - भर्जो

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अचानक समस्या आउनाले दौडधुप गर्नुपर्ने हुन सक्छ। स्वास्थ्यप्रति सचेत रहनुपर्ने देखिन्छ, जसले नयाँ कार्यमा संलग्न हुन केही कठिनाइ आउन सक्छ। नियमित कामलाई भने निरन्तरता दिन सकिनेछ। अरूको स्वार्थका लागि उपयोग भइने सम्भावना छ, सचेत रहनुहोस्। आश्वासन दिनेहरूले धोका दिन सक्छन्। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। अप्ठ्यारो परिस्थितिमा शुभचिन्तकहरूको साथ पाइनेछ।

तुला - लिब्रा

र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतीक्षित सफलता प्राप्त हुनाका साथै आर्थिक रूपमा फाइदा हुनेछ। दिन रमाइलो बित्नेछ। इच्छाएको वस्तु प्राप्त गर्न सकिनेछ। नयाँ ज्ञान आर्जन गर्न प्रेरित भइनेछ। व्यवसायका लागि यात्राको सम्भावना छ। पारिवारिक वातावरण सुखद रहनेछ। दाम्पत्य जीवनमा सुमधुरता कायम रहनेछ। प्रेम तथा मित्रताको सम्बन्ध अझ प्रगाढ बन्नेछ। सम्मान तथा आदर प्राप्त गर्ने समय छ।

वृश्चिक - स्कोर्पियो

तो, ना, नि, नु, ने, नो, या, यि, यु

व्यापार तथा आर्थिक लाभ दिलाउने कार्यमा राम्रो प्रगति हुनेछ। रोकिएका कामहरू पूरा गर्न सकिनेछ। परिश्रमले राम्रो प्रतिफल दिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने शत्रुहरू परास्त हुनेछन्। कठिनाइ हटाउँदै सफलता प्राप्त गर्न सकिनेछ। पहिले ईर्ष्या गर्नेहरू नै सहयोगी बन्नेछन्। तथापि, आफ्ना योजनाहरू गोप्य राखेर अगाडि बढ्दा फाइदा हुनेछ।

धनु - स्याजिटेरियस

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अध्ययनमा प्रगति हुनेछ भने बौद्धिक स्तरमा सुधार आउनेछ। मिहिनेतले नयाँ अवसरहरू सिर्जना गर्नेछ। शुभचिन्तकहरूको साथ पाइनेछ भने अघिल्लो अवस्थाको सुधार हुनेछ। विस्तारै कार्यहरू सफल हुनेछन्। नयाँ आम्दानीका स्रोत फेला पर्नेछन्। सामाजिक क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। पेसा तथा व्यवसायमा फाइदा हुनेछ। जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने अवसर मिल्नेछ।

मकर - क्याप्रिकर्न

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

साझेदारीमा समस्या आउन सक्छ, जसले दीर्घकालीन योजनामा असर पुर्याउनेछ। बेसुरमा दिएका वचनले अप्ठ्यारो पार्न सक्छ। असंयम व्यवहारले साथीभाइ टाढिन सक्छन्। परिस्थितिको मागअनुसार पहिले गरेका निर्णय पुनर्विचार गर्नुपर्ने हुन सक्छ। नयाँ तथा महत्वाकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ। पशुधनबाट सामान्य लाभ मिल्नेछ। अन्योलमा परेमा वरिष्ठ तथा अनुभवी व्यक्तिहरूको सल्लाह लिनु उचित हुनेछ।

कुम्भ - एक्वेरियस

गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रयत्न गर्दा राम्रो प्रतिफल प्राप्त गर्ने अवसर मिल्नेछ। साथीभाइको राम्रो सहयोग पाइनेछ। भविष्यमा फाइदा हुने काम थालनी गर्ने अनुकूल समय छ। भौतिक सुविधा जुट्नाले दीर्घकालीन योजना कार्यान्वयन गर्न सकिनेछ। सिर्जनात्मक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। मेहनतले प्रतिस्पर्धामा सफलता दिलाउनेछ। अवरुद्ध कार्यहरू पुनः अघि बढ्नेछन्। व्यापारमा पनि आर्थिक लाभ हुने सम्भावना छ।

मीन - पिस्सेस

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। नयाँ ज्ञान हासिल गर्ने अवसर मिल्नेछ। सुखद समाचारले मन प्रफुल्लित बनाउनेछ। बौद्धिक क्षमताको प्रशंसा गरिनेछ। प्रभावशाली अभिव्यक्तिले आर्थिक लाभ दिलाउनेछ। आम्दानीका स्रोतहरू विस्तार हुनेछन्। दीर्घकालीन फाइदा दिने सम्झौता गर्न सकिनेछ। नयाँ कार्य आरम्भ हुने सम्भावना छ। मिहिनेतले सम्मानजनक स्थान हासिल गराउनेछ।

धेरै पढिएको