आज २०८१ माघ २५ गतेको राशिफल
News Desk
Feb-07 , 2025 तारिख 05:57 बिहान

राशिफल (आजको ग्रहदशा अनुसार)

मेष (Aries)

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंको विचारशैली धेरैलाई आकर्षित गर्न सफल हुनेछ। प्रशंसकहरूको सङ्ख्या बढ्ने सम्भावना छ। सहकर्मीहरू तथा शुभचिन्तकहरूको साथ पाइनेछ, जसले गर्दा रोकिएका काम पुनः सक्रिय हुनेछन्। बुद्धिमानीपूर्वक निर्णय लिँदा आफ्नो पक्ष बलियो बनाउन सक्नुहुन्छ। मिहिनेतले प्रतिष्ठा दिलाउनेछ र सम्मानित स्थान प्राप्त गर्न सक्नुहुन्छ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ, तर अरूको भरपर्दा केही काम बिग्रन सक्छ। व्यक्तिगत योजनाहरू गोप्य राख्नु नै हितकर हुनेछ।

वृष (Taurus)

(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मन प्रसन्न तुल्याउने उपहार प्राप्त हुने संकेत छ। अघिका रोकिएका कार्य सम्पादन हुनेछन्, साथै नयाँ अवसरहरू पनि हात लाग्नेछन्। राम्रो कार्य सम्पादन गर्नाले तारिफयोग्य बन्नेछ र प्रशंसकहरूको संख्यामा वृद्धि हुनेछ। महत्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुने सम्भावना छ। अघिल्लो सफलता प्रेरणाको स्रोत बन्न सक्छ। टाढिएका आफन्तहरूसँग पुनः सम्पर्क हुने अवसर मिल्नेछ। सामूहिक जमघटमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथै स्वादिष्ट भोजनको आनन्द लिन सकिनेछ।

मिथुन (Gemini)

(का, कि, कु, घ, ङ, छ, के, को, ह)
हुनुपर्ने निर्णय ढिलो गर्दा वा लापरवाही देखाउँदा केही जटिलता उत्पन्न हुन सक्छन्। अत्यधिक लाभको आशामा अडिने हो भने आफ्नै धनमाल जोखिममा पर्न सक्छ। नजिकका मित्रहरूसँग मतभेद हुन सक्छ। खर्च नियन्त्रण गर्न नसक्दा आर्थिक अभाव महसुस हुनेछ। आलोचकहरू सक्रिय हुनेछन्, जसले तनाव सिर्जना गर्न सक्छ। अवसर खोज्न दौडधुप गर्नुपर्नेछ। ठूला लगानी गर्दा अपेक्षित प्रतिफल प्राप्त नहुन सक्छ, त्यसैले सचेत रहनुहोला।

कर्कट (Cancer)

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन भविष्यका सम्भावनाहरू पहिचान गर्न उपयुक्त रहनेछ। चुनौतीहरू सामना गर्दा पनि सहज उपायहरू निकाल्न सकिनेछ। नियमित व्यवसाय तथा कार्यहरूमा केही फाइदा प्राप्त हुनेछ। आत्मविश्वास र हिम्मतले कठिन कार्यसमेत सम्पन्न गर्न सकिनेछ। तर, अरूका स्वार्थमा प्रयोग हुने सम्भावना रहेकाले सावधानी अपनाउनु आवश्यक छ। आर्थिक लेनदेनमा अलि कठिनाइ देखिन सक्छ, जसका कारण सरसापट गर्नुपर्ने अवस्था आउन सक्छ।

सिंह (Leo)

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कर्मको सकारात्मक प्रतिफल प्राप्त हुने दिन रहनेछ, जसले आत्मसन्तुष्टि प्रदान गर्नेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। कठोर मेहनत गर्दा जीवनशैलीमा सुधार आउनेछ। व्यापार तथा व्यवसायमा फाइदा हुने समय छ। विशेष व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। सम्मानजनक कार्यमा संलग्न भइनेछ। प्रभावशाली व्यवहारका कारण धन, इनाम र प्रतिष्ठा प्राप्त गर्ने सम्भावना छ। लगनशील प्रयासले नयाँ रेकर्ड कायम गर्न सकिनेछ।

कन्या (Virgo)

(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक आस्था बढ्नेछ र परोपकारप्रति आकर्षण उत्पन्न हुनेछ। आफ्ना कर्महरूले धेरैलाई लाभ दिलाउन सक्नेछन्। पहिले सोचेभन्दा राम्रो उपलब्धि हात लाग्नेछ। सानो प्रयासले ठूलो सफलता प्राप्त हुन सक्छ। सामाजिक कार्यमा संलग्न हुँदा आत्मसन्तुष्टि मिल्नेछ। एउटै कामबाट दोहोरो लाभ प्राप्त हुने संकेत देखिन्छ। नवीन योजनाहरू कार्यान्वयन गरिनेछ। व्यवसायमा वृद्धि हुनेछ। भाग्यले साथ दिनेछ, जसका कारण रोकिएको कार्य पनि सफल हुनेछ।

तुला (Libra)

(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यप्रति सचेत रहनु आवश्यक देखिन्छ, किनभने केही कमजोरीको अनुभव हुन सक्छ। कठोर निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। पहिले गरेका निर्णय पुनः सोच्नुपर्ने स्थिति सिर्जना हुन सक्छ। हतारको निर्णयले जटिलता ल्याउन सक्छ। तत्काल लाभ नदेखिए पनि दीर्घकालीन अवसरको खोजी गर्न सकिनेछ। समस्या समाधानका लागि समर्पण आवश्यक पर्नेछ। परिश्रम गर्दा पछि राम्रो उपलब्धि हात लाग्नेछ।

वृश्चिक (Scorpio)

(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन लाभदायक रहनेछ। प्रियजनहरूसँग समय बिताउन पाइनेछ। वातावरण सुखद रहनेछ। व्यवसाय वा अन्य कारणले रमाइलो यात्रा गर्नुपर्ने हुन सक्छ। परिश्रम गर्दा जीवनशैलीमा सकारात्मक परिवर्तन आउन सक्नेछ। प्रिय व्यक्तिहरूसँग पुनर्मिलनको अवसर प्राप्त हुनेछ। सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाइनेछ। परिवार तथा आफन्तबाट आवश्यक सहयोग पाइनेछ, जसले नयाँ आशा जगाउनेछ।

धनु (Sagittarius)

(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज आर्थिक मामिलामा सकारात्मक संकेत देखिन्छ। नयाँ आम्दानीका स्रोतहरू फेला पर्नेछन्। कुनै नयाँ योजना वा दीर्घकालीन लगानी गर्ने सोच भए, आजको दिन अनुकूल रहनेछ। प्रतिष्ठा बढ्नेछ। परिश्रमको उचित मूल्याङ्कन हुनेछ। प्रतिस्पर्धामा विजयी बन्न सकिनेछ। शक्ति र बुद्धिको सही उपयोग गर्न सकेमा अधिकार तथा सामाजिक प्रतिष्ठा कायम राख्न सकिनेछ। लामो यात्राको योजना बन्ने सम्भावना छ।

मकर (Capricorn)

(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शैक्षिक तथा बौद्धिक गतिविधिमा उत्कृष्ट उपलब्धि हात लाग्नेछ। प्रतिस्पर्धामा विजयी बन्न सकिनेछ। सम्मानजनक कार्यमा संलग्न भइनेछ। नयाँ अवसर पहिचान गर्न सकिनेछ। प्रयास गरेका कार्यहरू सहजै पूरा हुनेछन्। सेवामूलक कार्यहरूबाट आर्थिक लाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। कृषि तथा पशुपालन क्षेत्रमा लाभदायक समय रहनेछ। सन्तान वा अनुयायीहरूको साथ प्राप्त हुने सम्भावना छ।

कुम्भ (Aquarius)

(गु, गे, गो, सा, सि, सु, से, सो, द)
असावधानी तथा हतारको निर्णयले केही समस्या निम्त्याउन सक्छ। मित्रजन टाढिन सक्छन् भने अरूको स्वार्थको साधन बन्ने सम्भावना रहन्छ। वचन दिने क्रममा सतर्क रहनु होला, अन्यथा अप्ठ्यारो पर्न सक्छ। परिस्थिति केही प्रतिकूल रहने देखिन्छ, त्यसैले योजनाहरू गोप्य राख्नु नै उचित हुनेछ। पहिले गरेका निर्णयहरू पुनरावलोकन गर्नुपर्ने हुन सक्छ। पशुधन तथा कृषि व्यवसायबाट सामान्य लाभ उठाउन सकिनेछ।

मीन (Pisces)

(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अत्यावश्यक बेलामा सहकर्मी तथा शुभचिन्तकहरूबाट सहयोग प्राप्त हुनेछ। रोकिएका कार्यहरू पुनः अघि बढ्नेछन्। नयाँ योजना तथा व्यवसायमा लाभ प्राप्त हुने सम्भावना छ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्महरूको उचित प्रतिफल प्राप्त हुनेछ। कृषि तथा व्यवसायमा फाइदा उठाउन सकिनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ, जसले मानसिक सन्तोष प्रदान गर्नेछ।

धेरै पढिएको