आज २०८१ माघ २७ गतेको राशिफल
News Desk
Feb-09 , 2025 तारिख 05:50 बिहान

मेष (Aries)

नयाँ योजना र कामहरू सुरु गर्न अनुकूल समय आएको छ। तपाईंले चिताएको कार्यमा सोचेजस्तै सफलता प्राप्त गर्न सक्नुहुनेछ। पारिवारिक सम्बन्ध विशेष रूपमा सुधार हुनेछ भने दाजुभाइबीच आत्मीयता बढ्नेछ। प्रेमसम्बन्ध र मित्रताको बन्धन बलियो बन्नेछ। सही लगानी गर्दा व्यवसायमा राम्रो नाफा कमाउन सकिनेछ। आलस्य त्यागी मेहनत गरेमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिनेछ। प्रतिस्पर्धीहरू समेत तपाईंको समर्थनमा आउनेछन्, जसले तपाईंको कार्यमा सहजता ल्याउनेछ।

वृष (Taurus)

पढाइलेखाइमा राम्रो प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारहरूले उत्साह बढाउनेछन्। आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन् भने लाभदायक सम्झौताहरू गर्ने अवसर पाइनेछ। नयाँ योजना वा व्यवसाय प्रारम्भ गर्न उपयुक्त समय हो। मेहनतको सम्मान प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको कदर हुनेछ र विचारको प्रभावले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ।

मिथुन (Gemini)

मित्रजन तथा परिवारसँग रमाइलो जमघटको अवसर प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुर्नेछ। विगतका सफलताले थप आत्मविश्वास प्रदान गर्नेछ। नयाँ अवसरहरू आउनेछन्, जसले करियर वा व्यवसायलाई अगाडि बढाउनेछ। लामो समयदेखि टुटेका सम्बन्धहरू पुनः मजबुत हुनेछन्। जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने अवसर प्राप्त हुनेछ। व्यक्तित्व निखार्ने राम्रो समय हुनेछ।

कर्कट (Cancer)

खर्चमा वृद्धि हुने संकेत देखिन्छ। आशा जगाउने व्यक्तिहरूको भरपर्दा धोका खान सकिन्छ। परिश्रमको तुलनामा उपलब्धि अपेक्षाकृत कम देखिन सक्छ। अरूको इच्छाअनुसार चल्नुपर्ने बाध्यता आउन सक्छ। व्यवसायमा थप लगानी आवश्यक हुन सक्छ, तर उधारो व्यापार बढ्न सक्छ। फाइदा लिन केही वस्तु त्याग्नुपर्ने परिस्थिति आउन सक्छ। अवसरवादीहरूबाट सचेत रहनु आवश्यक छ। यात्राको सम्भावना पनि देखिन्छ।

सिंह (Leo)

मेहनतले आम्दानीको स्रोत विस्तार गर्न सकिनेछ। व्यवसायमा अड्किएको रकम फिर्ता आउनेछ। भविष्यका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। तर, केही व्यक्तिहरू तपाईंका कमजोरीहरूको फाइदा उठाउने प्रयास गर्न सक्छन्। कार्य सम्पन्न गर्न अनुमानभन्दा बढी खर्च तथा समय लाग्न सक्छ। आम्दानी भए पनि खर्चको अनुपात उच्च रहने संकेत छ। आर्थिक लेनदेनमा ध्यान पुर्याउनुहोला।

कन्या (Virgo)

तपाईंका सिर्जनात्मक कार्यहरूको उच्च प्रशंसा हुनेछ। प्रतिष्ठित व्यक्तिहरूको समर्थन जुट्नाले लक्ष्य प्राप्त गर्न सजिलो हुनेछ। मित्रताको सम्बन्ध प्रेममा परिणत हुन सक्छ। विभिन्न अवसरहरूले तपाईंलाई पछ्याउनेछन् भने भविष्यमा स्थायित्व हुने काममा जग बसाउने समय छ। रुचिको काम व्यवसायमा परिणत हुनेछ। परिश्रमीहरूका लागि लक्ष्य हासिल गर्ने अनुकूल समय रहेको छ। मेहनतले नाम र धन प्राप्त गराउनेछ।

तुला (Libra)

पुराना कमजोरीहरू सच्याउने अवसर प्राप्त हुनेछ। सोचेजस्तै योजनाहरू कार्यान्वयन गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धार्मिक कार्यमा संलग्न गराउनेछ। परिश्रमको राम्रै फल प्राप्त हुनेछ। साथीभाइले राम्रो साथ दिनेछन्। रचनात्मक कार्यमा लाग्न सकिने समय छ। नयाँ तथा उपयोगी भौतिक साधनहरू प्राप्त हुनेछन्। व्यवसाय तथा जागिरमा विशेष फाइदा हुने देखिन्छ। नयाँ कामको जग बसाउने अनुकूल अवसर प्राप्त हुनेछ।

वृश्चिक (Scorpio)

समयको प्रभावले केही समस्याहरू सिर्जना हुन सक्छन्। धन तथा बुद्धि अरूका लागि खर्च गर्नुपर्ने परिस्थिति आउन सक्छ। बाध्यताले केही अलमलको स्थिति सिर्जना गर्न सक्छ। अवसरवादीहरूले तपाईंको कमजोरीहरूको फाइदा उठाउने प्रयास गर्न सक्छन्। प्रक्रिया मिलाउन नसक्दा कार्य दोहोर्याउनुपर्ने हुन सक्छ। तत्काल लाभ प्राप्त नहुने भए पनि प्रयासले नयाँ अवसरहरू खुल्न सक्छन्। स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ।

धनु (Sagittarius)

व्यक्तित्व, कार्यकुशलता तथा पहिरनले प्रशंसा पाउने समय आएको छ। विशेष उपहार प्राप्त गर्ने अवसर प्राप्त हुनेछ। यात्राका लागि अनुकूल समय रहेको छ। घुमफिर तथा मनोरञ्जनमा सहभागी भइनेछ। भौतिक सम्पत्तिको उपयोगले जीवनशैलीमा सुधार आउनेछ। व्यवसायिक यात्राको अवसर प्राप्त हुनेछ। प्रेमसम्बन्ध सुदृढ हुनेछ। पारिवारिक स्नेह र सम्मान प्राप्त हुनेछ। प्रयास गरेमा दिगो फाइदा हुने व्यवसाय वा योजनामा हात हाल्न सकिनेछ।

मकर (Capricorn)

शत्रुहरू स्वतः पराजित हुनेछन्। प्रतिस्पर्धात्मक कार्यमा सफल भइनेछ। स्वास्थ्य सबल रहनेछ, जसले उत्साह वृद्धि गर्नेछ। आत्मविश्वासका साथ अघि बढ्न सकिनेछ। ईर्ष्या गर्नेहरू कमजोर बन्नेछन्। चुनौतीहरू सामना गर्दै काम सफल बनाउन सकिनेछ। व्यापार तथा व्यवसायमा दीर्घकालीन फाइदा दिलाउने नयाँ योजनाको शुभारम्भ गर्ने समय हो। मेहनतले उल्लेखनीय फाइदा प्रदान गर्नेछ।

कुम्भ (Aquarius)

शुभचिन्तकहरूको समर्थन प्राप्त हुनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर मिल्नेछ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। बुद्धिमत्ता र निर्णय क्षमताले सफलताको बाटो खोल्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा विजयी बन्न सकिनेछ। सानो प्रयासले ठूलो सफलता मिल्ने संकेत छ। सेवामूलक कार्यबाट आर्थिक लाभ उठाउन सकिनेछ। पेशा तथा व्यवसायमा उल्लेखनीय उपलब्धि हासिल गरिनेछ।

मीन (Pisces)

तात्कालिक लाभ हेर्दा दीर्घकालीन हानी हुन सक्ने सम्भावना रहेको छ। परिस्थितिको प्रभावले आफन्तबाट केही समय टाढिनुपर्ने हुन सक्छ। आफ्नो क्षेत्रमा अरूको प्रभाव बढ्न सक्छ। विश्वास गरिएका व्यक्तिहरूबाट धोका खान सकिन्छ, त्यसैले सजग रहनु आवश्यक छ। असावधानीका कारण वचन र व्यवहारले समस्या निम्त्याउन सक्छ। योजनाहरू सार्वजनिक गर्दा सतर्कता अपनाउनु राम्रो हुनेछ। साझेदारीमा पहिले गरिएका सम्झौताहरू पुनर्विचार गर्नुपर्ने परिस्थिति आउन सक्छ।

धेरै पढिएको