आज २०८१ माघ २८ गतेको राशिफल
News Desk
Feb-10 , 2025 तारिख 07:18 बिहान

मेष (Aries)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नतिजाले उत्साह बढाउनेछ, र कर्मले नयाँ मोड लिन सक्छ। मेहनतले प्रतिष्ठा, धन, र पुरस्कार दिलाउनेछ। उद्योग तथा व्यापारमा विशेष लाभ हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि साथीहरूसँग व्यवहार सन्तुलित राख्नु आवश्यक देखिन्छ। हचुवाको भरमा गरिएका कामले समस्या निम्त्याउन सक्छन्। शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्त गर्न सकिनेछ।

वृष (Taurus)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नयाँ अवसरले दिगो बाटो देखाउनेछ। स्थिर आम्दानीका स्रोत विस्तार हुनेछन्। अध्ययनमा प्रगति हुनेछ भने अनुभव पनि परिष्कृत गर्ने मौका मिल्नेछ। दिउँसोदेखि नयाँ कार्ययोजनामा लाग्न सकिनेछ। व्यवसायमा वृद्धि भएर मनग्गे फाइदा हुनेछ। विभिन्न भौतिक साधनहरू संकलन गर्ने अवसर मिल्नेछ। सहकर्मीहरूको सहयोगले काम सहज रूपमा सम्पन्न हुनेछ।

मिथुन (Gemini)

का, कि, कु, घ, ङ, छ, के, को, ह

इच्छाशक्ति बढ्नेछ, जसले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सहयोग गर्नेछ। खाली समय भए पनि रचनात्मक काम प्रारम्भ गर्न सकिनेछ। परिवारसँग रमाइलो जमघट हुनेछ, स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। जीवनशैलीमा सकारात्मक परिवर्तन आउन सक्छ। दिउँसोपछि आम्दानीका नयाँ स्रोत खुल्नेछन्। न्यून प्रयत्नले पनि दिगो काम सुरु गर्न सकिनेछ।

कर्कट (Cancer)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुरुवातमा खर्च बढ्ने सम्भावना छ, जसले अर्थिक दबाब सिर्जना गर्न सक्छ। दोहोर्याएर प्रयत्न गर्दा मात्र फाइदा लिन सकिन्छ। अरूको विश्वासमा पर्दा धोका हुनसक्छ, त्यसैले निर्णय लिँदा सचेत रहनु होला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ, यात्राको सम्भावना छ। दिउँसोपछि परिस्थिति अनुकूल बन्नेछ, महत्त्वाकांक्षी कार्यमा सफलता मिल्नेछ। ज्ञान, कला, र व्यक्तित्वलाई निखार्ने अवसर मिल्नेछ।

सिंह (Leo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आम्दानीका नयाँ स्रोत पहिल्याउन सकिनेछ। परिश्रम गरेमा दिगो योजना अघि बढ्न सक्छ। स्रोतसाधन जुट्नाले सफलता मिल्नेछ, तर खर्च नियन्त्रण गर्नुपर्ने समय छ। आकस्मिक आवश्यकताले रकम बाहिरिन सक्छ। दिउँसोदेखि स्थान परिवर्तन वा लामो यात्रा सम्भावित छ। परिस्थितिजन्य समस्याले केही असहज अवस्था ल्याए पनि अन्ततः अनुकूल परिणाम आउनेछ।

कन्या (Virgo)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अवसर छ। आफ्नो क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। शुभचिन्तकहरूको साथले लाभ मिल्नेछ। कर्मशीलताले आम्दानी बढाउनेछ। दिउँसोदेखि विभिन्न स्रोतबाट रकम हात पर्नेछ। साहसले सफलता दिलाउनेछ, र मेहनतले लक्ष्य प्राप्त गर्न सहयोग गर्नेछ। व्यापारिक दृष्टिकोणले राम्रो फाइदा हुने समय छ, अड्किएको रकम उठ्नेछ।

तुला (Libra)

र, रि, रु, रे, रो, ता, ति, तु, ते

सामाजिक जिम्मेवारी थपिनेछ। भाग्यले नयाँ अवसर दिलाउनेछ। परोपकार भावना जागृत हुनेछ। धेरैले तपाईंको कामको प्रशंसा गर्नेछन्। शुभचिन्तकहरूको सहयोगले चुनौतीहरू हट्नेछन्। प्रतिष्ठा, धन, र पुरस्कार प्राप्त गर्ने समय हो। मेहनतले उच्च पद प्राप्त गराउने सम्भावना छ। विशिष्ट अवसरहरू मिल्नेछन्, जसले आत्मसन्तोष प्रदान गर्नेछ।

वृश्चिक (Scorpio)

तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ, जसले कार्य सम्पादनमा प्रभाव पार्न सक्छ। जिम्मेवारी बढ्नेछ, तर उपलब्धि अपेक्षाभन्दा कम हुने सम्भावना छ। आहारविहारमा ध्यान पुर्याउनु आवश्यक छ। दिउँसोपछि स्थितिमा केही सुधार आउनेछ। पहिलाको चुनौतीहरू यथावत् रहन सक्छन्, तर केही नयाँ अवसरहरू पनि आउनेछन्। निरन्तर प्रयास गर्दा आंशिक सफलता मिल्नेछ।

धनु (Sagittarius)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सुरुवातमा रमाइलो यात्रा तथा मनोरञ्जनको अवसर मिल्नेछ। अतिथ्य सत्कार खर्चिलो भए पनि आनन्ददायी हुनेछ। प्रेम र मित्रताको सम्बन्ध मजबुत हुनेछ। विभिन्न भौतिक वस्तुहरू प्राप्त गर्ने अवसर मिल्नेछ। दिउँसोपछि आफन्त टाढिन सक्छन्। सम्बन्धहरू सुमधुर राख्न व्यवहारमा ध्यान पुर्याउनु पर्नेछ। स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ। प्रतीक्षित नतिजा कमजोर हुनसक्छ, जसले पुनः प्रयास गर्नुपर्ने हुन सक्छ।

मकर (Capricorn)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

रोकिएका काम बन्नेछन्, जसले मनग्गे लाभ दिलाउनेछ। ईर्ष्या गर्नेहरू पराजित हुनेछन्। चुनौती हटाएर अगाडि बढ्न सकिनेछ। व्यापार तथा आर्थिक क्षेत्रमा नयाँ योजना सुरु गर्ने अनुकूल समय छ। दिउँसोदेखि टाढिएका आफन्तसँग रमाइलो पुनर्मिलन हुनेछ। प्रेम तथा मित्रताको सम्बन्ध बलियो बन्नेछ। पारिवारिक साथ सहयोगले हौसला बढ्नेछ। परिस्थितिहरू सहज बनाउन सकिनेछ।

कुम्भ (Aquarius)

गु, गे, गो, सा, सि, सु, से, सो, द

बुद्धिको सदुपयोगले विद्या र धन प्राप्त गर्न सकिनेछ। मेहनतले अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सल्लाह तथा सन्तानको सहयोग लाभदायक बन्नेछ। नयाँ कामको जग बसाउने अनुकूल समय हो। लगनशीलताले सफलता सुनिश्चित गर्नेछ। दिउँसोपछि खर्चिलो योजना अघि बढ्न सक्छ। सापटमा गएकाे धनले समस्या ल्याउन सक्छ। आफ्ना स्रोतसाधनहरूबाट अरूले फाइदा उठाउने सम्भावना छ।

मीन (Pisces)

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

हतारमा गरिएका निर्णयले काम बिग्रन सक्छ। तत्कालको फाइदा खोज्दा भविष्यमा समस्या पर्ने सम्भावना छ। नसोची बोलेका शब्दले तनाव सिर्जना गर्न सक्छन्। अरूलाई दिएको वचन पूरा गर्न गाह्रो पर्न सक्छ। आर्थिक स्थितिमा भने केही सुधार आउनेछ। स्वास्थ्यमा कमजोरी रहन सक्छ। अवसरहरू आउन सक्छन्, तर सोचेका सबै काम पूरा गर्न समय लाग्नेछ। व्यापारमा लाभका सम्भावनाहरू पहिचान गर्न सकिनेछ।

धेरै पढिएको