आज २०८१ फाल्गुण १ गतेको राशिफल
News Desk
Feb-13 , 2025 तारिख 05:52 बिहान

मेष (Aries)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ। लाभदायक अवसरहरू पहिचान गर्न सकिनेछ। योजनाबद्ध तरिकाले काम गर्दा सजिलै सफलता पाइनेछ। सेवामूलक कार्यबाट आर्थिक फाइदा हुनेछ। शारीरिक रूपमा स्फूर्त रहनुका साथै अध्ययनमा पनि प्रगति हुनेछ। ज्ञानलाई अझ परिष्कृत गर्ने अवसर प्राप्त हुनेछ। यद्यपि केही समय लागे पनि प्रशंसनीय कार्यहरूले अरूको सहयोग गर्न सकिनेछ।

वृष (Taurus)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

चुनौतीपूर्ण परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि प्रयोग गर्दा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा देखिएका समस्याहरू समाधान गर्न सकिनेछ। साथीभाइ र सहयोगीहरूका समर्थनले आत्मबल बढ्नेछ। पहिलेकै अन्योलपूर्ण स्थितिले स्पष्टता पाउनेछ। विलासिताका वस्तुहरू जुटाउन सकिनेछ। कृषि तथा पशुपालन व्यवसायमा मनग्ये लाभ हुनेछ। घरायसी प्रयोजनका महत्त्वपूर्ण वस्तुहरू जुटाउने समय अनुकूल छ।

मिथुन (Gemini)
का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थितिजन्य कारणले योजनाबद्ध कार्यमा अवरोध आउन सक्छ। आफ्नै परिश्रमको लाभ अरूले उठाउन खोज्न सक्छन्। नयाँ काम थाल्नु अघि सम्पूर्ण पक्षको गहिरो अध्ययन गर्नुपर्छ। व्यवसायमा केही कठिनाइ देखिए पनि सेवामूलक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिने भएकाले कुनै पनि निर्णय गर्न हतार नगर्नु राम्रो हुनेछ।

कर्कट (Cancer)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसरहरूले आत्मबल वृद्धि गर्नेछन् र योजनाहरू सफल पार्न सकिनेछ। छोटो समयमै फाइदा लिन सकिनेछ। अध्ययन–अनुसन्धानप्रति आकर्षण बढ्नेछ र बौद्धिक क्षेत्र फराकिलो हुनेछ। नयाँ कामको अवसर पाइनेछ। व्यापार व्यवसायले राम्रो लाभ दिनेछ। अहिले नै धेरै उपलब्धि नभए पनि भविष्यका लागि महत्त्वपूर्ण जग बसाउने समय हो। मिहिनेतले राम्रो प्रतिफल प्राप्त गराउनेछ।

सिंह (Leo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

रमाइलो जमघटमा सहभागी हुने अवसर जुट्नेछ। मिहिनेतको सकारात्मक परिणामले आत्मविश्वास बढ्नेछ। विशेष अवसरहरू प्राप्त हुनेछन्, जसले मन प्रसन्न पार्नेछ। सहयोगीहरूको समर्थनले काममा थप हौसला मिल्नेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ, साथै आकर्षक उपहार प्राप्त गर्ने सम्भावना पनि छ। नयाँ अवसरहरू प्राप्त हुने हुँदा उत्साह जाग्नेछ।

कन्या (Virgo)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

केही कुराहरू प्राप्त गर्नका लागि केही त्याग गर्नुपर्ने हुन सक्छ। यात्रा तथा भ्रमणका योजना बनाउने अनुकूल समय छ। टाढाका साथीभाइ तथा नातेदारहरूको समर्थन मिल्नेछ। निरन्तर प्रयास गर्दा रोकिएका कामहरू सफलतापूर्वक पूरा गर्न सकिनेछ। आर्थिक अभाव महसुस भए पनि आवश्यक पर्दा सहयोग वा ऋणको माध्यमबाट धन जुटाउन सकिनेछ। तर, अनावश्यक खर्च बढ्न सक्छ, जसले पछि समस्या निम्त्याउन सक्छ।

तुला (Libra)
र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिश्रमको उत्कृष्ट परिणाम प्राप्त हुनेछ। प्रशंसनीय कामहरू गर्दै आर्थिक लाभ उठाउन सकिनेछ। प्रतीक्षित नतिजाले आत्मविश्वास बढाउनेछ। न्यून लगानीबाट पनि राम्रो प्रतिफल लिन सकिनेछ। विभिन्न भौतिक साधनहरू संकलन गर्न सकिनेछ। स्थायी फाइदा हुने कामको सुरुवात गर्ने उपयुक्त समय छ। नयाँ आम्दानीका स्रोतहरू फेला पर्नेछन्। अध्ययनमा सुधार हुने र नयाँ ज्ञान आर्जन गर्ने अवसर मिल्नेछ।

वृश्चिक (Scorpio)
तो, ना, नि, नु, ने, नो, या, यि, यु

पुराना कार्यहरूको चर्चा हुने समय छ। मेहनत गर्दा सफलताको स्रोत पहिचान गर्न सकिनेछ। तर, अरूको कार्यमा समय खर्च गर्नुपर्दा आफ्ना कामहरू प्रभावित हुन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि तिनलाई पूरा गर्न कठिनाइ आउन सक्छ। परिस्थितिजन्य कारणले नजिकका आफन्तहरूबाट टाढिनुपर्ने हुन सक्छ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने प्रयास गर्न सक्छन्, सचेत रहनु उपयुक्त हुनेछ।

धनु (Sagittarius)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ काम थालनी गर्ने र दीर्घकालीन सम्भावनाहरू खोजी गर्ने समय छ। आजको प्रयासले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले मनोबल बढ्नेछ। निरन्तर मेहनत गर्दा स्थायी फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्वहरू बढ्नेछन्। सानो प्रयासले ठूलो सामाजिक लाभ लिन सकिनेछ। प्रशंसनीय कामहरूले लोकप्रियता प्राप्त गराउनेछन्।

मकर (Capricorn)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिस्थितिजन्य प्रतिकूलताले तनाव उत्पन्न गराउन सक्छ। अरूको लागि समय, धन र बुद्धि खर्च गर्नुपर्ने सम्भावना छ। यद्यपि, अघिल्लो कमजोरीहरू सुधार गर्दै जाँदा विस्तारै सफलता मिल्नेछ। लगनशीलता राख्दा उपलब्धि पनि बढ्दै जानेछ। कार्य पूरा नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। सामुदायिक उत्तरदायित्व बहन गर्ने समय आएको छ। दीर्घकालीन रूपमा लाभ हुने अवसरहरू हात पार्न सकिनेछ।

कुम्भ (Aquarius)
गु, गे, गो, सा, सि, सु, से, सो, द

व्यवसाय तथा आर्थिक सम्भावनाहरू पहिचान गर्ने समय छ। तर, मनोरञ्जनमा अत्यधिक समय खर्च गर्दा लक्ष्यमा पुग्न अवरोध आउन सक्छ। यात्रा तथा आतिथ्यमा खर्च बढ्नेछ। कुनै वचन पूरा गर्न नसक्दा घर–व्यवहारमा समस्या उत्पन्न हुन सक्छ। परिस्थिति अनुकूल बनाउन र सम्बन्धहरू सुधार गर्न व्यवहारमा सजग रहनुपर्छ। मेहनत गर्दा कार्यहरू सम्पन्न हुनेछन्, तर तत्कालै ठूलो आम्दानीको आशा नराख्नु उचित हुनेछ।

मीन (Pisces)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

चुनौतीपूर्ण कार्यको जिम्मेवारी लिनुपर्दा कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ। सम्भावना देखिए पनि प्रतिफल न्यून हुन सक्छ। सानो गल्तीले ठूलो क्षति निम्त्याउन सक्छ। परिस्थितिहरू केही जटिल देखिनेछन्। नयाँ क्षेत्रमा लगानी गर्नुअघि थप अनुसन्धान गर्नुपर्ने समय आएको छ। अरूको दबाबमा निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। हतारको निर्णयले भविष्यमा समस्या निम्त्याउने भएकाले विचारपूर्वक अघि बढ्नु राम्रो हुनेछ।

धेरै पढिएको