News Desk
फाल्गुण कृष्णपक्ष तृतीया तिथि। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि कन्या।
मेष (Aries)
गोपनीयता बाहिरिन सक्ने सम्भावना रहेकाले विश्वासयोग्य नभएका व्यक्तिहरूसँग गोप्य कुराकानी नगर्नुहोस्। अवसरवादीहरूले फाइदा उठाउने प्रयास गर्नेछन्। आलोचना र विवाद बढ्न सक्छ, तर उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। कार्य अपूर्ण भए तापनि आंशिक फाइदा हुनेछ। मिहिनेत गर्दा सफलता मिल्नेछ।
वृष (Taurus)
शैक्षिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा कार्यहरू सहज रूपमा सम्पन्न हुनेछन्। सेवामूलक कामबाट आर्थिक लाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ भने कृषि र पशुपालनबाट पनि राम्रो फाइदा मिल्नेछ। सन्तान वा अनुयायीको साथ पाइनेछ।
मिथुन (Gemini)
अहंकार र हतारले काम बिग्रन सक्छ। साथीभाइ टाढिन सक्छन्। अरूको फाइदाका लागि उपयोग हुनसक्छ। यद्यपि, नयाँ योजनाहरू अघि बढाउने अवसर प्राप्त हुनेछ। समय लागे पनि दिगो लाभ हुने कार्य हातलागी हुनेछ। पहिले ईर्ष्या गर्ने व्यक्तिहरू नै सहयोगी बन्न सक्छन्। व्यापार, कृषि तथा पशुपालनबाट फाइदा हुनेछ।
कर्कट (Cancer)
नयाँ जिम्मेवारी पाइन सक्छ, तर ध्यान नदिँदा समस्या निम्तन सक्छ। कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्नेछ, सहयोगीहरू पछि हट्न सक्छन्। दाजुभाइसँग असमझदारी बढ्न सक्छ। आफ्ना कमजोरीहरू अरूले उपयोग गर्ने सम्भावना छ, त्यसैले सचेत रहनुहोला। सतर्कता अपनाउँदा उपलब्धि सुरक्षित रहनेछ।
सिंह (Leo)
मेहनतले प्रतिष्ठा बढाउनेछ। अध्ययनमा सुधार हुनुका साथै बौद्धिक क्षमता निखारिनेछ। विद्या तथा धन आर्जनका अवसर मिल्नेछन्। प्रभावशाली कार्यले प्रशंसा बटुल्नेछ। सकारात्मक समाचारले उत्साह बढाउनेछ। तारिफयोग्य बौद्धिक अभिव्यक्तिले लाभ दिलाउनेछ। बोलिको प्रभाव व्यापार तथा आर्थिक क्षेत्रमा पनि लाभदायक हुनेछ।
कन्या (Virgo)
इच्छा पूरा हुने योग छ। स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ। लक्ष्यअनुसार समयमै कार्य सम्पन्न हुनेछ। अध्ययनमा रुचि बढ्नेछ। नयाँ कामका अवसरहरू प्राप्त हुनेछन्। पहिलेका सफलताले हौसला दिनेछन्। व्यापारमा राम्रो फाइदा हुनेछ। नयाँ अवसरहरू आउनेछन् भने सहयोग गर्नेहरू पनि बढ्नेछन्।
तुला (Libra)
अनायास खर्च बढ्नेछ। आम्दानीका स्रोत कमजोर बन्न सक्छन्। व्यवसायमा अतिरिक्त लगानी गर्नुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयास गर्नुपर्नेछ। अपरिचित व्यक्तिहरूलाई विश्वास गर्दा धोका हुन सक्छ। सोचेको नतिजा ढिला प्राप्त हुन सक्छ। बसाइँसराइ वा टाढाको यात्रा सम्भावना छ।
वृश्चिक (Scorpio)
अवसर आए पनि इच्छाअनुसार सफलता प्राप्त नहुन सक्छ। आँटेका कार्यहरूमा अवरोध आउन सक्छ। खर्चमा वृद्धि हुनेछ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहन सक्छ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्दा योजना कार्यान्वयनमा आउँछ। दोहोर्याएर प्रयास गर्दा रोकिएका कार्यहरू पूरा हुनेछन्।
धनु (Sagittarius)
ध्यान नपुर्याउँदा कार्यहरू अवरोधित हुन सक्छन्। स्वार्थी मित्रहरूले असहयोग गर्न सक्छन्। अप्ठ्यारा कार्यहरू समय लागेर सम्पन्न हुनेछन्। धेरै लगानी गर्दा अपेक्षाकृत कम लाभ मिल्न सक्छ। तर, निरन्तर मेहनतले उपलब्धि हात लाग्नेछ। दैनिक कार्यहरू भने सहज रूपमा सम्पन्न हुनेछन्।
मकर (Capricorn)
कम परिश्रममै कार्य सफल हुने देखिन्छ। सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका प्राप्त हुनेछ। मेहनतले जीवनशैलीमा सुधार ल्याउनेछ। व्यापारमा राम्रो फाइदा मिल्नेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य हुनेछ। प्रभावशाली कार्यबाट नाम र दाम दुवै कमाउने अवसर प्राप्त हुनेछ। धार्मिक आस्था बढ्नेछ।
कुम्भ (Aquarius)
अवसर प्राप्त भए पनि कमजोरी बाहिरिन सक्छ। विवादास्पद जिम्मेवारी बहन गर्नुपर्ने हुन सक्छ। परिस्थितिले अप्ठ्यारो पार्न सक्छ। इच्छित नतिजा प्राप्त गर्न दोहोर्याएर प्रयास गर्नुपर्नेछ। सामान्य कार्यका लागि पनि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ र थकान महसुस हुन सक्छ।
मीन (Pisces)
कार्यको चापले व्यस्तता बढ्नेछ। परिस्थितिहरू अनुकूल रहे पनि भौतिक सुविधामा खर्च बढ्न सक्छ। बोलीमा संयम अपनाउनु उचित हुनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्दा फाइदा हुनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। निम्तो प्राप्त भए तापनि आतिथ्य खर्चिलो बन्न सक्छ।