आज २०८१ फाल्गुण ७ गतेको राशिफल
News Desk
Feb-19 , 2025 तारिख 06:17 बिहान

 मेष - Aries

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बहुप्रतीक्षित उपलब्धि हात पार्न सकिनेछ, साथै आर्थिक लाभको राम्रो सम्भावना छ। इच्छाहरू पूरा हुनेछन्, भौतिक सुख-सुविधा प्राप्त गर्ने अवसर जुर्न सक्छ। नयाँ अवसरले काममा प्रेरणा दिनेछ। व्यवसाय विस्तार वा नयाँ सम्भावना खोज्न अनुकूल समय छ। प्रेमसम्बन्ध प्रगाढ बन्नेछ, मित्रताको बन्धन अझै बलियो हुनेछ। प्रियजनसँगको भेटघाट रमाइलो रहनेछ। सम्मानित अतिथिको रूपमा सत्कार पाइनेछ। रमणीय यात्रा हुने सम्भावना छ।

वृष - Taurus
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विचार मिल्दा–नमिल्दा भए पनि सहयोगीहरूको साथ मिल्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ, इर्ष्यालुहरूले हार स्वीकार्नुपर्नेछ। सेवामूलक कार्यले सम्मान दिलाउनेछ। सानो प्रयासले ठूला अवसरको ढोका खोल्नेछ। भौतिक साधन जुट्नेछन्, दीर्घकालीन योजनाहरू अगाडि बढाउने समय हो। रोकिएको काम पुनः अघि बढ्नेछ। परिश्रमले उत्कृष्ट उपलब्धि दिलाउनेछ। स्थायी लाभ हुने कार्यको थालनी हुनेछ।

मिथुन - Gemini
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसरहरूसँगै चुनौतीहरू पनि आउनेछन्। तत्काल फाइदा उठाउने अवस्थामा अरूसँग पनि लाभ बाँड्नुपर्ने हुन सक्छ। निर्णयमा ढिलाइ भए पनि लाभदायक कार्य प्रारम्भ हुनेछ। आर्थिक स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा उत्कृष्ट उपलब्धि हासिल हुनेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ। प्रतिष्ठित कार्य सम्पन्न गर्ने अवसर प्राप्त हुनेछ। प्रतिक्षारत नतिजा सकारात्मक आउनेछ।

कर्कट - Cancer
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हतारको निर्णयले समस्या निम्त्याउन सक्छ, त्यसैले सचेत रहनु उचित हुनेछ। प्रक्रियागत त्रुटिका कारण काम दोहोर्याउनुपर्ने हुन सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार आवश्यक छ। अनावश्यक सम्बन्ध गाँस्नाले पछि समस्या निम्तिन सक्छ। प्रयास गर्दा कृषि तथा पशुपालन क्षेत्रबाट लाभ मिल्ने सम्भावना छ। दैनन्दिन काम सामान्य भए पनि आफ्नै सहयोगीहरू अवरोधका कारक बन्न सक्छन्।

सिंह - Leo
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिस्पर्धामा संलग्न हुनुपरे पनि मेहनतले उत्कृष्ट उपलब्धि दिलाउनेछ। नयाँ अवसरले सफलताको ढोका खोल्नेछ। भौतिक सम्पत्ति जुट्नेछ, दिगो योजना अघि बढाउने समय हो। कामले प्रतिष्ठा दिलाउनेछ। साथीभाइसँगको असमझदारी सुल्झिनेछ। श्रम आवश्यक भए पनि आँटेको काम पूरा हुनेछ। निरन्तर प्रयास गर्दा रोकिएको कार्यसमेत सम्पन्न गर्न सकिनेछ।

कन्या - Virgo
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम प्राथमिकतामा नराख्दा पछि परिनेछ। बोली–व्यवहारमा सचेत रहनु बुद्धिमानी हुनेछ। तर, बुद्धिमत्तापूर्वक योजना अघि बढाउन सकिनेछ। आजको परिश्रमले भविष्यमा फाइदा दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रशंसा हुनेछ। अध्ययनमा प्रगति हुनेछ, ज्ञानमा वृद्धि गर्ने अवसर मिल्नेछ। नियम–कानुनलाई ध्यान दिनु आवश्यक छ। परिश्रमले सम्मानजनक स्थान दिलाउनेछ।

तुला - Libra
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तहरूसँगको भेटघाटले दिनलाई उल्लासमय बनाउनेछ। विशेष उपहार प्राप्त हुने सम्भावना छ। नयाँ कार्य प्रस्ताव आउन सक्छ। मेहनतले प्रतिष्ठा, सम्मान, र मान्यता प्राप्त हुनेछ। तर, अवसर आए पनि परिस्थितिका कारण केही पछि परिन सक्छ। निर्णय क्षमतामा कमजोरी देखिन सक्छ। आश्वासन दिनेहरूले भ्रमित बनाउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु आवश्यक छ।

वृश्चिक - Scorpio
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय व्यवस्थापन ठीक नभए आफ्नै नजिकका व्यक्तिहरूसँग दूरी बढ्न सक्छ। व्यवसायमा लगानी विस्तार गर्नुपर्ने हुन सक्छ। आकस्मिक खर्च बढ्नाले आर्थिक समस्या देखा पर्न सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्नेछ। पुरानो सम्झौता नवीकरण गर्न नसक्दा नोक्सान हुन सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा पछुताउनु पर्नेछ। खर्च लागे पनि यात्राको राम्रो संयोग जुर्न सक्छ।

धनु - Sagittarius
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि राम्रो नाफा उठाउन सकिनेछ। सञ्चित सम्पत्तिको सही प्रयोग गर्दा फाइदा हुनेछ। शुभ कर्मको परिणामस्वरूप मन प्रफुल्ल रहनेछ। श्रमको उचित मूल्यांकन हुनेछ, रोकिएको रकम हात पर्नेछ। सहयोगीहरूको साथले योजना सफल बनाउन मद्दत गर्नेछ। परिश्रमको सकारात्मक परिणामले जीवनशैलीमा सुधार ल्याउनेछ।

मकर - Capricorn
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कठिन परिश्रमले उचित प्रतिफल दिनेछ। भविष्यका लागि नयाँ सम्भावना पहिल्याउन सकिनेछ। साहसी कार्य गर्दै आर्थिक लाभ उठाउन सकिनेछ। मेहनतले सफलता दिलाउनेछ, प्रतिष्ठा बढ्नेछ। सहयोगीहरूबाट राम्रो साथ मिल्नेछ। भाग्यले नयाँ अवसरहरू ल्याउनेछ। सफल कार्य सम्पन्न गरी प्रशंसा बटुल्न सकिनेछ। निरन्तर प्रयास गर्दा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ।

कुम्भ - Aquarius
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिश्रम गर्दा अवसरहरू प्राप्त हुनेछन्। परोपकारी कार्यमा संलग्न भइनेछ। तर, आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सतर्क रहनुपर्नेछन्। धेरै समय अरूको लागि खर्च गर्नुपर्ने हुन सक्छ। लक्ष्यमा पुग्न संघर्ष आवश्यक हुनेछ। समर्पणभावले काम गरे पनि श्रमको उचित मूल्यांकन नहुन सक्छ। तापनि निरन्तरता दिन सकिन्छ। व्यापार–व्यवसायमा आर्थिक हिसाबकिताबमा सावधानी अपनाउनु हितकर हुनेछ।

मीन - Pisces
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समस्याहरूलाई बेवास्ता गर्दा कठिनाइ बढ्न सक्छ। स्वास्थ्य कमजोर रहने सम्भावना छ, योजनाबद्ध रूपमा काम गर्नुपर्छ। केही कार्यमा अवरोध आउनेछन्। न्यून लाभमै चित्त बुझाउनु पर्ने हुन सक्छ। खानपान र दिनचर्यामा ध्यान दिनु जरुरी छ। पुराना समस्याहरू दोहोरिन सक्छन्। सानातिना पारिवारिक झमेलाले अल्झाउन सक्छ। आलोचकहरूले नकारात्मक टिप्पणी गर्न सक्छन्। आर्थिक लेनदेनमा विवाद उत्पन्न हुन सक्छ।

धेरै पढिएको