News Desk
२०८१ फागुन ९ गते, शुक्रबार, २१ फेब्रुअरी २०२५। फाल्गुण कृष्णपक्ष अष्टमी तिथि, बिहान ८:३३ बजेपछि नवमी। अनुराधा नक्षत्र, दिउँसो १२:५९ बजेपछि ज्येष्ठा। चन्द्रराशि वृश्चिक।
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आजको समय केही चुनौतीपूर्ण रहन सक्छ। स्वास्थ्य कमजोर हुनाले काममा कठिनाइ हुनसक्छ। तपाईंकै कमजोरीको फाइदा उठाउनेहरू सक्रिय रहनेछन्। नतिजा सुधार्न केही काम दोहोर्याउनुपर्ने हुन सक्छ। अपेक्षित लाभ नपाए पनि भविष्यका लागि उपयोगी काम गर्न सकिनेछ। विवादमा नपर्नु नै राम्रो हुनेछ। सावधानी अपनाउँदा समस्या टार्न सकिन्छ।
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यवसायमा नयाँ सम्भावना खोज्ने समय हो। तर, अनावश्यक मनोरञ्जनले लक्ष्य प्राप्तिमा बाधा पुग्न सक्छ। यात्रा तथा अतिथ्य सत्कारमा खर्च बढ्न सक्छ। वचन पूरा गर्न नसक्दा पारिवारिक सम्बन्धमा तनाव आउने सम्भावना छ। परिस्थिति अनुकूल राख्न सचेत रहनु पर्नेछ। मेहनतअनुसार काम पूरा भए पनि तत्काल आम्दानीको अपेक्षा नराख्नुहोस्।
का, कि, कु, घ, ङ, छ, के, को, ह
रोकिएको काम दोबारा सुरु गर्न सकिनेछ। ईर्ष्या गर्नेहरूले पराजय भोग्नेछन्। योजनाअनुसार काम सम्पादन गर्न सकिनेछ। प्रतिस्पर्धामा विजयी हुने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ भने आत्मविश्वासका साथ अधिकार स्थापित गर्न सकिनेछ। व्यवसायमा लाभ हुनेछ। पहिले मरेको आशा पुनः जीवित हुन सक्छ। यात्रा सुरु गर्ने अनुकूल समय छ।
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
महत्त्वपूर्ण कामलाई प्राथमिकता दिन नसक्दा पछि परिने खतरा छ। अध्ययनमा ध्यान दिन गाह्रो हुनेछ। अरूको काममा बढी चासो लिँदा झमेला आइलाग्न सक्छ। तापनि, पछि फाइदा हुने काम सुरु हुनेछ। आयआर्जनका स्रोत फेला पर्नेछन्। गुरुजनको सुझाव तथा सन्तानको सहयोगले लाभ दिलाउनेछ। थोरै भए पनि दिगो फाइदा हुने काम हात लाग्न सक्छ। यात्रा सम्भावित छ।
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्राप्त आश्वासनहरू पूरा नहुन सक्छन्। हल्लाको भरमा अरूलाई विश्वास गर्दा धोका हुनसक्छ। आफन्त र परिवारलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु काममा सक्रियता बढ्नेछ। तर, नाफा मात्र सोच्दा प्रतिष्ठामा आँच आउन सक्छ। जबर्जस्तीले काम बिग्रन सक्छ। पुराना सम्झौता नवीकरण नगर्दा फाइदा गुम्न सक्छ।
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ काम सुरु गर्ने समय छ। चिताएको लक्ष्य प्राप्त गर्न सकिनेछ। दाजुभाइ तथा नजिकका मित्रहरूसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रता अझ मजबुत बन्नेछ। लगानी गरे व्यवसायमा लाभ हुनेछ। कठिन परिश्रमले दीर्घकालीन फाइदा दिलाउनेछ। पहिलेका उपलब्धिहरूले उत्साह दिनेछन्। प्रतिस्पर्धीहरूले समेत सहयोग गर्नेछन्।
र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामको प्राथमिकता निर्धारण गर्न नसक्दा पछि परिनेछ। बोली तथा व्यवहारमा सचेत रहनुहोला। धन बाहिरिने सम्भावना छ, कर्जा तथा उधारो कारोबारमा विशेष ध्यान दिनुहोस्। दैनन्दिनको काममा सामान्य फाइदा रहनेछ। अरूका विषयमा धेरै चासो लिँदा अनावश्यक झमेलामा पर्न सकिन्छ। विवादास्पद जिम्मेवारी आउनाले केही तनाव थपिन सक्छ।
तो, ना, नि, नु, ने, नो, या, यि, यु
कामका अवसरहरू आउन सक्छन्, तर शिष्टाचार तथा भेटघाटमा अलमलिन सक्नुहुन्छ। खानपानमा ध्यान नदिए स्वास्थ्य बिग्रन सक्छ। रोकिएको काम दोहोर्याउँदा सफलता मिल्नेछ। अरूको भरमा मात्र निर्भर नहुनुहोस्, आफ्नो प्रयासलाई प्राथमिकता दिनुहोस्। कमजोरी सुधार्न मेहनत गर्नुपर्नेछ। आवश्यक सहयोग प्राप्त हुनेछ। परिवारजनहरूसँग पुनर्मिलनको अवसर मिल्न सक्छ।
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
लापरवाहीले खर्च बढ्नेछ। व्यवसायमा लगानी बढाउनु पर्नेछ। आफ्नै मान्छेहरूसँग टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्नेछ। खर्चिलो काम गर्नुपर्ने अवस्था आउन सक्छ। यात्राको योजना बन्न सक्छ। वैदेशिक रोजगारीमा लाभ हुनेछ। किनमेल तथा विलासिताका सामानमा बढी खर्च गर्नुपर्ने हुन सक्छ।
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
राम्रो कर्मको फल प्राप्त हुने समय छ। व्यापार, साझेदारी तथा सट्टापट्टामा फाइदा हुनेछ। आम्दानी वृद्धि हुनेछ। सञ्चित धनको सही उपयोग गर्दा लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ, उठ्नुपर्ने रकम हात लाग्नेछ। सहकर्मीहरूको साथले महत्त्वपूर्ण काम सम्पादन हुनेछ। आशा गरिएको नतिजाले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ।
गु, गे, गो, सा, सि, सु, से, सो, द
मेहनतको फलस्वरूप मानसिक सन्तुष्टि प्राप्त हुनेछ। मेहनत गर्दा जीवनशैलीमा सुधार आउनेछ। लगनशीलताले कीर्तिमान कायम गराउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हात पर्नेछ। व्यवसायमा लाभदायक अवसरहरू प्राप्त हुनेछन्। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। उच्च पदस्थ व्यक्तिहरूको सहयोग पाइनेछ। सम्मान, इनाम तथा प्रतिष्ठा कमाउने समय छ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिले चिताएको काम पूरा गर्न अवरोध ल्याउन सक्छ। सहयोगको नाममा आफ्नो कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुन सक्छन्। नयाँ काम सुरु गर्न उपयुक्त समय प्रतीक्षा गर्नु उचित हुनेछ। स्वास्थ्य कमजोर रहे पनि जिम्मेवारी बढ्नेछ। तर, प्रयत्न गरे फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। आध्यात्मिक भावनाको विकास हुनेछ। धर्म तथा परोपकारी कार्यमा रुचि बढ्नेछ।