आज २०८१ फाल्गुण १० गतेको राशिफल
News Desk
Feb-22 , 2025 तारिख 05:44 बिहान

२०८१ फागुन १० गते, शनिवार, २२ फेब्रुवरी २०२५। फाल्गुण कृष्णपक्ष नवमी तिथि, बिहान ९ः४८ बजेपछि दशमी। ज्येष्ठा नक्षत्र, दिउँसो १४ः४१ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, त्यसपछि धनु।

मेष - Aries

खानपानमा ध्यान नपुर्याउँदा स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना छ। आम्दानी रोकिँदा केही योजना स्थगित हुन सक्छन्। काम बिग्रने डरले मानसिक तनाव बढ्न सक्छ। पहिलेका समस्याहरू दोहोरिनाले अलमल बढ्नेछ। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। साँझपख स्थिति सुधारिनुका साथै कर्मको फल मिल्नेछ। निरन्तर मिहिनेतले लक्ष्यमा सहज रूपमा पुग्न सकिनेछ।

वृष - Taurus

प्रियजनसँग भेटघाट हुनेछ, तर विचार नमिल्नाले केही विवाद सिर्जना हुन सक्छ। प्रेम सम्बन्ध कमजोर बन्ने संकेत छ। उधारो व्यापार गर्नु परे पनि तत्काल लाभको सम्भावना कम छ। यात्रा रोकिएला। काम बिग्रनाले दुःख हुनसक्छ। उपलब्धि न्यून भए पनि सन्तोष मान्नुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु आवश्यक छ। साँझतिर भने केही सुधारको संकेत देखिनेछ।

मिथुन - Gemini

भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ गर्ने अवसर मिल्नेछ। साहसी काम गरेर राम्रो फाइदा उठाउन सकिनेछ। नयाँ योजनामा अघि बढ्न सकिनेछ। अरूको विश्वास जित्न समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। साँझतिर व्यापारमा राम्रो फाइदा मिल्नेछ। थोरै लगानीबाट राम्रो नाफा कमाउने अवसर प्राप्त हुनेछ। प्रियजनसँग रमाइलो समय बित्न सक्छ।

कर्कट - Cancer

काममा अलमल हुनसक्छ। अस्वस्थ महसुस हुनसक्छ। लक्ष्यमा पुग्न ढिलाइ हुनेछ। अपराह्नतिर नयाँ कामतर्फ अग्रसर भइनेछ। तर भौतिक साधनमा क्षति पुग्न सक्छ, सतर्क रहनुहोला। प्रतिस्पर्धीहरूले कठिनाइ बढाउन सक्छन्। जति लाभको आशा गरिन्छ, त्यति सजिलो हुनेछैन। छोटो समयमा निर्णय गर्दा समस्या निम्तिन सक्छ।

सिंह - Leo

वचन पूरा गर्न नसके पनि शुभचिन्तकहरूको साथ पाइनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्ने सम्भावना छ। आमाको सहयोगले काम बनाउन सकिनेछ। साँझतिर काममा होशियारी अपनाउनुहोस्। अरूको समस्या सुल्झाउँदा आफ्नै काम प्रभावित हुनसक्छ। निर्णय गर्दा परिणाम राम्ररी विचार गर्नुहोस्। हतारको निर्णयले कठिनाइ निम्त्याउन सक्छ।

कन्या - Virgo

आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिश्रम गरे पनि कार्यमा ढिलाइ हुनेछ। सहयोगीहरूले बीचैमा साथ छोड्न सक्छन्। अवसर आए पनि सतर्क नभए पछि परिनेछ। उपलब्धिको लागि दोहोर्याएर प्रयास गर्नुपर्नेछ। ठूलो लाभ उठाउन नसके पनि समस्याहरू सुल्झाउन सकिनेछ। अघिल्लो कमजोरी सुधार्ने अवसर मिल्नेछ।

तुला - Libra

पढाइमा ध्यान दिन गाह्रो हुनसक्छ। प्रतिस्पर्धीहरूले विवादमा तान्ने सम्भावना छ। सतर्क रहनुहोस्। मिहिनेतले नयाँ अवसरहरू हात लाग्न सक्छ। दिउँसोदेखि प्रतिस्पर्धीहरूले समस्याहरू सिर्जना गर्न सक्छन्। अरूको चासो राख्दा आफैं समस्यामा पर्न सकिने सम्भावना छ। आफ्नो कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सतर्क रहनुहोला।

वृश्चिक - Scorpio

अवसर आए पनि समयमै काम गर्न नसक्दा पछि परिनेछ। अनावश्यक भेटघाटमा अल्झनुपर्नेछ। आफ्नो क्षेत्रमा अरूले प्रभुत्व जमाउने सम्भावना छ। सावधान रहनुहोस्। अपराह्नतिर विवादास्पद जिम्मेवारी आउन सक्छ। खर्च बढ्न सक्छ। अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउने प्रयास गर्न सक्छन्। अनावश्यक खर्च बढ्ने सम्भावना छ।

धनु - Sagittarius

पछिका लागि केही वस्तु त्याग्नुपर्ला। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। टाढाका साथीहरूले काममा साथ दिनेछन्। आजको परिश्रमबाट भविष्यमा फाइदा हुनेछ। कर्जा प्रवाहबाट आर्थिक संकलन हुनसक्छ। अपराह्नमा पारिवारिक भेटघाटले हर्ष बढ्नेछ। नयाँ योजनाहरू प्रारम्भ गर्ने अवसर मिल्नेछ।

मकर - Capricorn

दिगो फाइदा हुने काम सुरु गर्ने अवसर मिल्नेछ। प्रयास गर्दा राम्रो उपलब्धि हात लाग्नेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा सुधार आउनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। साँझपख सञ्चित धन बाहिरिन सक्छ। खर्च लागे पनि यात्रा सम्भावना छ।

कुम्भ - Aquarius

प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मेहनतले जीवनशैलीमा सुधार आउनेछ। लगनशीलताले कीर्तिमान कायम गर्न सकिनेछ। विशिष्ट व्यक्तिहरूको सहयोग पाइनेछ। राम्रो कर्मफल प्राप्त हुने संकेत छ। सामाजिक नेतृत्व हात लाग्ने सम्भावना छ। साँझतिर व्यापारमा फाइदा हुनेछ। महत्त्वाकांक्षाले केही चुनौती सिर्जना गर्न सक्छ।

मीन - Pisces

निर्णय लिन हिचकिचाहट गर्दा पछि परिने सम्भावना छ। तालमेल नमिल्दा योजना अधुरै रहनेछ। प्रतिस्पर्धीहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने प्रयास गर्न सक्छन्। सानातिना काममै समय बित्न सक्छ। साँझतिर सानो प्रयासले राम्रो सफलता मिल्नेछ। गुमेको स्थान पुनः प्राप्त गर्न सकिनेछ।

धेरै पढिएको