आज २०८१ फाल्गुण १४ गतेको राशिफल
News Desk
Feb-26 , 2025 तारिख 06:30 बिहान

मेष (Aries)
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

विभिन्न अवसरहरू प्राप्त हुनेछन्, जसले भविष्यका लागि दिगो लाभदायी कामको जग बसाउने मौका दिन्छ। मिहिनेतले प्रतिष्ठा, धन, र पुरस्कार दिलाउनेछ। विशेष व्यक्तित्वहरूसँग सम्बन्ध विस्तार हुनेछ, जसले काममा थप सहजता ल्याउनेछ। नोकरी वा व्यवसायमा विशेष लाभ हुने संकेत छ। इच्छाएको क्षेत्रमा लगानी गर्न सकिनेछ। प्रयत्न गरेमा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।


वृष (Taurus)
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

स्वास्थ्य समस्याले कार्यक्षमतामा असर पार्न सक्छ। आफ्ना कमजोरीहरूको फाइदा अरूले उठाउने प्रयास गर्न सक्छन्, त्यसैले होशियार रहनुहोला। संवेदनशील विषयमा सजगता अपनाउनु जरुरी छ। गोपनीयता राख्दै अगाडि बढ्दा सफल हुनुहुनेछ। नयाँ जिम्मेवारी प्राप्त भए पनि त्यसलाई पूरा गर्न समय लाग्न सक्छ। सेवामूलक कार्यले प्रतिष्ठा बढाउनेछ। पुनः प्रयास गर्दा सफलताको संभावना बढ्नेछ।


मिथुन (Gemini)
(का, कि, कु, घ, ङ, छ, के, को, ह)

अपेक्षित परिणाम प्राप्त नहुन सक्छ, जसका कारण काम दोहोर्याउनु पर्ने हुन सक्छ। आर्थिक प्रवाहमा अस्थिरता आउन सक्छ, जसले योजनाहरू प्रभावित पार्न सक्छ। लेनदेनमा सतर्कता अपनाउनुहोला, अन्यथा विवाद उत्पन्न हुन सक्छ। केही परिस्थितिले सम्झौता गर्न बाध्य पार्न सक्छ। अनावश्यक जोखिम मोल्दा नोक्सान हुन सक्छ। सानो गल्तीले ठूला अवसर गुम्न सक्छ।


कर्कट (Cancer)
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मनोरञ्जनात्मक समय रहनेछ। प्रियजनहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। भ्रमण वा यात्रामा विशेष अनुभव प्राप्त हुनेछ। धन र भौतिक सम्पत्तिमा वृद्धिको संकेत देखिन्छ। प्रेम र मित्रताको सम्बन्ध अझ सुदृढ हुनेछ। सहकर्मीहरूको सहयोगले कार्यक्षेत्रमा सफलता मिल्नेछ। व्यवसायिक कार्यका लागि यात्राको अवसर आउनेछ। लोकप्रिय कार्यले समाजमा प्रतिष्ठा बढाउनेछ।


सिंह (Leo)
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साहसपूर्वक अघि बढ्दा उत्कृष्ट उपलब्धि हात लाग्नेछ। प्रतिस्पर्धात्मक माहोलमा मेहनतले सफलता दिलाउनेछ। भौतिक सुविधामा वृद्धि हुनेछ। कुनै पनि चुनौतीलाई दृढतापूर्वक सामना गर्न सकिनेछ। शत्रुहरू परास्त हुनेछन् भने स्वास्थ्य समस्याबाट राहत पाइनेछ। मनोबल उच्च राख्दा कानुनी मामिलामा विजय प्राप्त गर्न सकिनेछ। व्यवसायिक रूपमा राम्रो लाभ उठाउन सकिनेछ। प्रतिस्पर्धीहरूसँग सम्झौताका सम्भावना पनि रहनेछ।


कन्या (Virgo)
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ अवसरहरू हात लागे पनि परिस्थितिले केही अलमल गराउन सक्छ। विवादमा नअल्झनु राम्रो हुनेछ। परिस्थिति अनुकूल भए पनि स्वास्थ्य समस्याले कार्यमा अवरोध ल्याउन सक्छ। पारिवारिक जिम्मेवारीले ध्यान तान्न सक्छ। नयाँ योजना कार्यान्वयन गर्न केही समय कुर्नुपर्ने हुन सक्छ। अध्ययन वा सिर्जनात्मक कार्यमा पूर्णरूपले केन्द्रित हुन नसकिएला। सन्तान वा अनुयायीहरूको सुझावले लाभ मिल्नेछ।


तुला (Libra)
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आतुरतामा गरिएको निर्णयले हानि पुर्याउन सक्छ, त्यसैले सोचविचार गरेर मात्र कदम चाल्नुहोस्। छोटो समयको लाभमा केन्द्रित हुँदा दीर्घकालीन नोक्सान हुन सक्छ। कार्य असफल हुने डरले सताउन सक्छ। आत्मविश्वासको कमीले अरूको योजनामा प्रयोग हुन सकिन्छ। महत्वाकांक्षी योजनाहरू गोप्य राख्नु हितकर हुनेछ। साथीभाइ टाढिन सक्छन्, जसले रोकिएको कार्यमा अवरोध पुर्याउन सक्छ। साझेदारीका मामिलामा समस्या देखिन सक्छ।


वृश्चिक (Scorpio)
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

हिम्मतले ठूलो सफलता दिलाउनेछ। निरन्तर प्रयासले जीवनशैलीमा सुधार ल्याउनेछ। थोरै परिश्रममै राम्रो उपलब्धि हात पर्नेछ। आवश्यक स्रोतसाधन जुट्नेछन्। अघिल्लो प्रयासबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। कठिन कार्यहरू सहज रूपमा पूरा गर्न सकिनेछ। व्यापार तथा उद्योगमा मनग्गे फाइदा उठाउन सकिनेछ। शत्रुहरू कमजोर हुनेछन्, जसले कार्य सम्पादन गर्न सजिलो हुनेछ।


धनु (Sagittarius)
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अरूको भर पर्ने बानीले कार्य अपूरो रहने सम्भावना छ। विगतका समस्याहरू पुनः सताउन सक्छन्। जिम्मेवारी पूरा गर्न नसक्दा आलोचना सहनु पर्ने हुन सक्छ। हतारको निर्णयले अप्ठ्यारो पार्न सक्छ। खर्च नियन्त्रण गर्न नसक्दा आर्थिक अभाव महसुस हुन सक्छ। परिस्थितिले लक्ष्यबाट विचलित गराउन सक्छ। आफ्नै परिश्रमबाट अरू लाभ उठाउन सक्छन्, त्यसैले सचेत रहनुहोस्।


मकर (Capricorn)
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आफन्त तथा अभिभावकको साथ सहयोग प्राप्त हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। प्रयास गरेको कार्य सफलतापूर्वक सम्पन्न हुनेछ। अध्ययनमा रुचि बढ्नेछ, जसले ज्ञान र आत्मविश्वास अभिवृद्धि गर्नेछ। विगतका उपलब्धिहरूले प्रेरणा दिनेछन्। व्यापार तथा व्यवसायमा लाभ हुनेछ। दीर्घकालीन सफलताको आधार तयार पार्न सकिनेछ। नयाँ कार्य आरम्भ गर्ने अवसर प्राप्त हुनेछ।


कुम्भ (Aquarius)
(गु, गे, गो, सा, सि, सु, से, सो, द)

समय अनुकूल नभएकाले सजग रहनुहोला। खर्चमा वृद्धि हुन सक्छ। आकस्मिक समस्या उत्पन्न भई आर्थिक संकट निम्तिन सक्छ। सही समयमा निर्णय लिन नसक्दा झन्झट बढ्नेछ। कार्यक्षेत्रमा कठिनाइहरूको सामना गर्नुपर्ला। लगानी गर्दा सतर्कता अपनाउनु राम्रो हुनेछ। आलोचकहरू सक्रिय रहनेछन्, तर साथ दिनेहरू कम नै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढिन सक्छन्।


मीन (Pisces)
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मिहिनेतले उत्कृष्ट परिणाम दिन सक्छ। दैनिक कार्यहरूबाट पनि राम्रो फाइदा प्राप्त हुनेछ। कम लगानीमा राम्रो प्रतिफल हात पर्नेछ। परिश्रमले आम्दानीका नयाँ स्रोतहरू सिर्जना गर्नेछ। व्यापार तथा साझेदारीमा सफलता मिल्नेछ। योजना अनुसार काम गर्दा अपेक्षा भन्दा बढी लाभ उठाउन सकिनेछ। आर्थिक लाभांशबाट अरूलाई पनि सहयोग गर्न सकिनेछ।

धेरै पढिएको